News flash

विराटपथ

आइतबार, चैत्र २३, २०७६

विराटनगर । मोरङको सुनबर्षी नगरपालिका – ९ डाँइनियास्थित एक मस्जिदमा नौ जना पाकिस्तानी मुस्लिम फेला परेका छन् । उनीहरु धर्मगुरु भएको र लकडाउनका कारण आफ्नो देश फर्कन नपाएको प्रहरीले जनाएको छ ।
कोरोना भाइरसको संक्रमणको हल्ला चलिरहेको बेला नै उनीहरु नेपाल आएको र एक्कासी लकडाउनको अबस्था आएपछि मस्जिद मै रहेको बताइएको छ । उनीहरुसँगै १० जना भारतिय मुस्लिम समेत सोही मस्जिदमा रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक एकनाथ दाहालका अनुसार मस्जिदमा आएका सबैले भिषा प्रक्रिया पुरा गरेर आएको जानकारी दिए । उनले लकडाउनको अबस्था भएका कारण स्वदेश फर्कन नपाएको समेत जनाए । ‘उनीहरु सबै हाम्रो सम्पर्कमा छन् । हामीले उनीहरुको निगरानी समेत गरेका छौ ।’ प्रहरी निरिक्षक दाहालले भने, ‘उनीहरु मस्जिद मै छन् । लकडाउनले गरेर उनीहरु समस्यामा परेका हुन ।’
पाकिस्तान सरकारले समेत आफ्ना नागरिकको बिषयमा चासो नदिदाँ नेपालका धेरै मस्जिदमा मुस्लिम धर्मगुरुहरु रहेको बताइन्छ । बिशेषगरि सप्तरी, सुनसरी र मोरङको केही मस्जिदमा उनीहरु बसेका छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल