News flash

विराटपथ

आइतबार, चैत्र २३, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले गरिब तथा बिपन्न वर्गका लागि राहत वितरणको काम शुरु गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनलाई थप कडा पार्दै लगेपछि त्यसको प्रत्यक्ष मारमा गरिब तथा असाहयमा पर्दै आएको छ । उनीहरुलाई राहत प्रदान गर्न महानगरले राहतकको कार्य शुरु गरेको हो । आइतवार वडा नम्बर १ बाट मेयर भीम पराजुलीले राहत वितरणको कार्य शुरु गरेका थिए ।
राहत वितरणका लागि शनिबार रातभर विराटनगरको बीरेन्द्र सभागृहमा खाद्यान्न लगायतका सामाग्री प्याकिङको काम गरिएको थियो । आइतबारबाट महानगरको वडा नम्बर १, २, ३, ४, १०, १६ र १९ मा राहत वितरण गरिनेछ । स्थानीय तह, राजनीतिक दल, टोल संगठन सम्मिलित समितिले सिफारिस गरेका वडाका गरिब तथा निमुखालाई राहत सामाग्री वितरण गर्न लागिएको हो । महानगरपालिका भित्र रहेका करिब २६ हजार परिवारलाई राहत सामाग्री वितरण गर्ने लक्ष्य राखेको छ ।
महानगरले तयार पारेको राहत सामाग्रीमा चामल १२ केजी, दाल डेढ केजी, आलु दुई केजी, आधा लिटर खानेतेल, एक केजी नुन र एक थान साबुन रहेको छ ।
महानगरले वडा समितिको कार्यालयबाट राहत सामाग्री वितरणको प्रबन्ध गरेको छ । वडाले लगत लिएर कुपन बाँडेपछि सोही कुपनको आधारमा राहत सामाग्री वितरणको ब्यवस्था गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल