News flash

विराटपथ

शनिबार, चैत्र २२, २०७६

विराटनगर । आइतबार विहानबाट राहत वितरणको कार्ययोजना बनाएको विराटनगर महानगरपालिकाले शनिबार रातभर प्याकिङको काम गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउनलाई थप कडा पार्दै लगेपछि त्यसको प्रत्यक्ष मारमा गरिब तथा असाहयमा पर्दै आएको छ । गरिब, असाहय, सुकुम्बासी र दैनिक ज्यालादारी गर्ने मजदुरलाई लक्षित गर्दै महानगरले राहत वितरणको कार्य शुरु गर्न लागेको हो ।
राहत वितरणका लागि शनिबार रातभर विराटनगरको बीरेन्द्र सभागृहमा खाद्यान्न लगायतका सामाग्री प्याकिङको काम जारी रहेको छ । शनिबार आधा मात्र प्याकिङ सकिने आइतबार सकिने महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए । आइतबार विहानबाट महानगरको वडा नम्बर १, २, ३, ४, १०, १६ र १९ मा राहत वितरण गरिनेछ । स्थानीय तह, राजनीतिक दल, टोल संगठन सम्मिलित समितिले सिफारिस गरेका वडाका गरिब तथा निमुखालाई राहत सामाग्री वितरण गर्न लागिएको हो । महानगरपालिका भित्र रहेका करिब २६ हजार परिवारलाई राहत सामाग्री वितरण गर्ने लक्ष्य राखेको छ ।
‘हामीले सबै वडाबाट लगत लिने काम गरिरहेका छौ । सोही अनुसार अब हामी राहत वितरणमा केन्द्रित हुनेछौ ।’ प्रमुख पराजुलीले विराटपथसँग भने,‘अहिले महानगरका २२ जना कर्मचारी, म आफै र केही स्वंमसेवी युवाहरुले यो कामलाई साथ दिईरहनु भएको छ ।’ महानगरले तयार पारेको राहत सामाग्रीमा चामल १२ केजी, दाल डेढ केजी, आलु दुई केजी, आधा लिटर खानेतेल, एक केजी नुन र एक थान साबुन रहेको छ ।
महानगरले वडा समितिको कार्यालयबाट राहत सामाग्री वितरणको प्रबन्ध गरेको छ । वडाले लगत लिएर कुपन बाँडेपछि सोही कुपनको आधारमा राहत सामाग्री वितरणको ब्यवस्था गरिएको छ । आइतबारबाट शुरु हुने राहत वितरण कार्य क्रमश अन्य वडाहरुमा समेत गरिने महानगरले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल