जनचेतनादेखि राहत बाँड्ने कार्यमा जुट्दै

Logo
शनिबार, चैत्र २२, २०७६

विराटनगर । अनेरास्वियूका नेता वसिम आलम अहिले गरिब तथा खान नपाएकाहरुलाई भोजन वितरण गर्दै हिडिरहेका छन् । कोरोना भाइरसको संक्रमण र जोखिम न्यून गर्न सरकारले लकडाउन गरेपछि उनी यो संकटको बेला सक्रिय भएर लागेका छन् । खाना खुवाउने अभियानमा जुटेको उनी पाँचौ दिन भयो । शनिबारसम्म उनले करिब ६ सयजनालाई खाना खुवाई सकेका छन् ।
‘कोरोना भाइरसको हल्ला चल्ने बित्तिकै हामीले जनचेतनामूक कार्यदेखि माक्स पनि वितरण गर्यौ । तर लकडाउन भएपछि सडकमा जीविकोपार्जन गर्नेहरुलाई खाना वितरण गर्न थाल्यौ ।’आलमले विराटपथसँग भने,‘ साथीभाई मिलेर नै यो कार्य गरिरहेका छौ । खाद्य सामाग्री जुटाएका छौ । रोयल बिय्रानी हाउसका कुक छन् । हामी आफै खाना पकाउँछौ । प्याकिङ गरेर सडकमा भएका गरिबलाई बाँड्छौ ।’


आलम मात्र होइन, नेकपा सम्बद्ध अरु युवाहरु पनि यो बेला सामाजिक काममा सक्रिय छन् । युवा संघ मोरङका जिल्ला कार्यालय सदस्य किशोर भट्टराई पनि आाफ्नो क्षेत्रमा जनचेतना र राहत सामाग्री वितरणमा सक्रिय भएर लागेका छन् । शुक्रबार मात्र उनले विराटनगर पुष्पलाल चोकमा रहेको जागृति महिला बृद्धाश्रममा खाद्यान्न, फलफुल र नगद २७ हजार रुपैया सहयोग गरे । ‘सबैले आफ्नो स्थानमा सकेको सहयोग गर्न पाए यो संकटको बेला केही राहत हुने थियो कि भनेर लागेको हो ।’ भट्टराईको भनाई थियो, ‘राजनीति त जहिल्यै गरेपनि हुन्छ । तर बिपत्तिमा सहयोग गर्न सके एक प्रकारको मानवता पनि हो ।’
शनिबार नै युवा संघका केन्द्रीय सदस्य ईश्वरी आचार्यसहितको युवा संघको टोलीले बुढीगंगा गाँउपालिकालाई स्वास्थ्यकर्मीले लगाउने पिपिई उपलब्ध गराएको छ । भट्टराईसहितको टोलीले यस अघि सेनिटाइजर, माक्स वितरणदेखि सुरक्षाकर्मीसँग मिलेर सर्वसाधारणलाई लकडाउनको समयमा घरबाट नहिड्न तथा सवारीसाधान नचलाउन आग्रह गरेको थियो ।


यता बेलबारी नगरपालिकामा युवा संघका नेता माधवराज थापाले सो क्षेत्रका सुकुम्बासी तथा गरिबलाई निशुल्क खाद्यान्न सामाग्री मात्र वितरण गरेनन् । आफ्नो घरमा भाडा बस्नेलाई लकडाउनको अवधिभरि छुट दिने घोषणा समेत गरे । थापाले अहिलेसम्म ७१ परिवारलाई एक महिना सम्म पुग्ने खाद्य सामाग्री वितरण गरिसकेको छन् । थापाको भनाई छ, ‘संकटको बेला त सहयोग गर्ने हो । यस्ता महामारीको बेला सबैले आफ्नो ठाँउबाट सहयोग गर्नुपर्छ ।’

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]