News flash

विराटपथ

शनिबार, चैत्र २२, २०७६

विराटनगर । केहीदिन अघि सम्म कोरोना भाइरसको संक्रमण र रोकथामका लागि माक्स र चेतनामूलक प्रचार सामाग्री टोल टोल पुगेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला अहिले बिपन्न समूदायका लागि चामल बाँड्दै गाँउ पुगेका छन् ।
लामो समयको लकडाउनका कारण गरिब तथा बिपन्न समूदायमा खाद्यान्नको समस्या भएपछि उनी आफ्नै निर्वाचन क्षेत्रमा राहत वितरण गर्दै हिडेका हुन । नेपाली काँग्रेस, बुढीगंगा गाँउपालिकाको संयोजनमा गरिब, असहाय र बिपन्न परिवारका लागि १० हजार केजी चामल उपलब्ध गराइएको गाँउपालिका समितिका अध्यक्ष जीतनारायण थापा मगरले विराटपथलाई बताए ।
लकडाउनका कारण सो गाँउपालिकामा बसोबास गर्ने सुकुम्बासी, गरिब र दैनिक कारखानामा काम गर्ने मजदुर समस्या पदै आएका छन् । ‘पार्टी संयोजन गर्यो । नेता डा.शेखर कोइरालाले समेत सहयोग गर्नुभयो । सबैतिरबाट जुटेको सहयोग आज गाँउपालिकालाई हस्तान्तरण गरियो’ अध्यक्ष थापा मगरले भने । यो गाँउपालिका डा. कोइरालाको निर्वाचन क्षेत्रमा पर्छ ।
शनिबार बुढीगंगा गाँउपालिका आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा.कोइरालाले गाँउपालिका प्रमुख बालचन्द माझीलाई १० हजार केजी चामल हस्तान्तरण गरेका थियो । सो कार्यक्रममा प्रदेश सभाका प्रमुख सचेतक केदार कार्की क्षेत्रीय सभापति निरंजन रिजाल लगायतको उपस्थिति रहेको थियो ।
गाँउपालिकाले राहत वापतको चामल गाँउ सकुम्बासी, दैनिक मजदुरी गर्ने, गरिब र बिपन्नलाई बाँड्ने जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल