News flash

विराटपथ

बिहिबार, चैत्र २०, २०७६

विराटनगर । चैत्र २० गते विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली जन्मदिन मनाउँदै छन् । ४३ बर्ष पुगेर ४४ बर्षमा उक्लेका मेयर पराजुलीलाई उनको जन्मदिन कसरी बिशेष छ, भनेर विहान ११ बजे सम्पर्क गर्यौ । तर उनको २– ३ पटक मोवाइल उठाएनन् । पछि उनैले हामीलाई सम्पर्क गरे । त्यो समय उनी नोबेल शिक्षण अस्पतालमा निशुल्क भोजन कार्यमा ब्यस्त थिए ।
कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणको अभियान जारी रहेको बेला मेयर पराजुलीको ब्यस्तता सामान्य नै थियो । तरपनि जन्मदिन भएकाले आजको दिन त बिशेष होला नि भनेर हामीले प्रश्न गर्यौ । यो प्रश्नमा उनको जवाफ थियो, ‘मेरो त्यस्तो केही छैन, कोराना भाइरस निवारण, नगरबासीको कल्याण, बिश्व शान्ति र गरिब दुःखी कै सेवामा समर्पित रहनेछु ।’
बिहिबार मेयर पराजुली एकाविहानै उठे, त्यसपछि नृत्यपुजा उनको दैनिकी हो । पुजा पश्चात आमाको गोडा ढोगेर आर्शिवाद लिए । धार्मिक प्रवृतिका पराजुलीले केही दिनदेखि राम रक्षा स्त्रोत्र पाठ शुरु गरेका छन् । विहान पनि त्यसलाई जारी राखे अनि उनी लकडाउनका कारणले भोकै रहेका गरिबी, अशक्तहरुलाई भोजन बाँड्न घरबाट निस्के ।
केही दिनअघि श्याम परिवारले संयोजन गरेको निशुल्क भोजन वितरण कार्यमा मेयर पराजुली सक्रिय हुँदै आएका छन् । बिहिबार नोबेल अस्पतालमा रहेका बिरामी, कुरुवा, बिचल्लीमा परेका र भोकभौकै परेकालाई भोजन वितरण कार्यक्रम तय गरिएको थियो । यो कार्यक्रम पश्चात उनले जन्मदिन कै अवसरमा सुर्दशन कवच पाठ गर्ने योजना बनाएका छन् । ‘म मानव कल्याणमा समर्पित रहन्छु । नगरबासी, देशबासी, लोककल्याण र यस्तो बिपत्लाई झेल्ने शक्ति प्रदान होस्, सकारात्मक सोचको विकास होस्, भनेर म आफै सुर्दशन कवच पाठ गर्दैछु ।’
सारा बिश्व कोरोनाको महामारीले आक्रान्त छ, यो बेला पुजापाठ गर्ने कि ठोस कार्ययोजनाका साथ अघि बढ्ने, हामीले अर्को प्रश्न राख्यौ । जवाफमा मेयर पराजुली भने, ‘यो बिपत्मा हामीले हाम्रो योजना र काममा केही कसर बाँकी राखेका छैनौ । हामी संघीय सरकारले भन्दा पनि माथि उठेर काम गरेका छौ । लकडाउनको निर्णय हामीले पहिला गर्यौ । सीमा बन्द गर्ने घोषणा हामीले पहिला गर्यौ । स्वास्थ्यकर्मीको इन्सुरेन्सको काम हामीले पहिला गर्यौ । अहिले पनि हाम्रो टिम दिनरात नभनि काममा जुटेको छ । काममा कुनै सम्झौता गरेका छैनौ ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल