विराटनगर । नेपाल आयल निगम लिमिटेडले तेलको मूल्य घटाएको छ । अघिल्लो पटक गरेको समायोजन गर्दा न्यून मात्रामा मात्र घटेको पेट्रोलियम पदार्थको मूल्यमा यो पटक भने डिजेल पेट्रोलमा प्रतिलिटर १० – १० रुपैयाको दरले घटेको छ ।
कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ब्यापक गिरावट आएको छ । अन्तर्राष्ट्रिय बजारमा आएको गिरावटसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
नेपाल आयल निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले राती १२ बजेबाट लागू हुने गरि मूल्य घट्ने छ । १ अप्रिल २०२० मा ईन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्य अनुसार समितिले सो निर्णय गरेको हो । निगमले पेट्रोल र डिजल मटितेलको साविकको खुद्रा विक्री मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको जनाएको छ । अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ । त्यस्तै खाना पकाउने एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।