विराटनगर । बरिष्ठ साहित्यकार तथा प्राज्ञ उपेन्द्र पागलको निधन भएको छ । सुनसरीको मधेशा घर भएका साहित्यकार पागलको बुधबार दिउँसो २ बजेर २५ मिनेटमा निधन भएको हो ।
मोफसलमा नै बसेर साहित्य सृजनामा सक्रिय पागल पूर्व क्षेत्रका अग्रज साहित्यकार हुन । ७७ बर्षिय पागल नेपाल प्रज्ञा प्रतिष्ठानमा यस अघिको कार्यकालमा प्राज्ञ भएका थिए । उनका शीतको थोपा खण्डकाब्य, जीवन भोगिरहेछ, चक्रपथको यात्रा, आजको निर्धो मान्छे, यात्रा अलमलिरहेछ लगायतका कवितासंग्रह प्रकाशित भईसकेका छन् ।
पागल धेरै संघ संस्थाबाट सम्मानित समेत भईसकेका थिए । पारिवारिक श्रोतका अनुसार उनको पार्थिवलाई इटहरीको बुढीगंगा जमुना घाट अन्त्यष्टि गरिएको छ ।