इटहरी । इटहरी उपमहानगरपालिकाले कोरोना भाइरसको संक्रमण र जोखिम नियन्त्रणका लागि एकसय २ बेडको क्वारेन्टाइन निर्माण गरेको छ । जनता क्यामपस इटहरीमा निर्माण गरेको क्वारेण्टाइन वाइफाई र सिसीक्यामेरा सहित सवै मापदण्ड पूरा भएको हुने भएको छ ।
उपमहानगरका अनुसार सो क्वारेण्टाइनको सुनसरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जनस्वास्थ्य प्रमुख र नेपाली सेना सहितको टोलीले अनुगमन गरेको थियो । गर्नुभयो । इटहरीका नगरप्रमुख, उपप्रमुख समेतको उपस्थितिमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सिसी क्यामेरा जडान पछि सवै मापदण्ड पूरा भएको हुने जनाए ।
अनुगमनको क्रममा नगरप्रमुख द्धारिकलाल चौधरीले सिसी क्यामेरा तत्काल जडान गर्न उपमहानगरका कर्मचारीहरुलाई निर्देशन दिए ।