News flash

विराटपथ

बिहिबार, चैत्र १३, २०७६

विराटनगर । कोरोना भाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि एक अर्काबीचको दुरी एक मिटर राख्नुपर्ने अभियानलाई विराटनगरमा पनि शुरु गरेका छन् । एक अर्का बीचमा करिब एक मिटरको दुरी कायम राख्दा कोरोना भाइरसको संक्रमण न्यून हुने हुदाँ विराटनगरका एक औषधी ब्यवसायीले यो अभियानको शुरुवात गरेका छन् ।
विराटनगरको रंगेली रोडस्थित जलजला चोकमा रहेको आकाश मेडिकल हलका सञ्चालकले औषधी खरिद गर्न आउनेलाई चेतनामूलक सन्देश प्रवाह गर्न एक मिटरको दुरीको अभियानलाई शुरु गरेका हुन । उनले आफ्नो मेडिकल हल अगाडी कलर पाउडरको घेरा बनाई ग्राहकलाई दुरी ब्यवस्थापन गर्न सन्देश प्रवाह गरेका हुन । लकडाउन भएपनि ग्राहकका बीचमा हुने दुरीलाई कसैले ख्याल नगरेको सञ्चालक आकाश दत्तको भनाई छ ।
‘यो सामान्य प्रयास हो । हामीले जनस्तरमा चेतना प्रवाह गर्न मात्र यसो गरेका हौ’ सञ्चालक दत्तले विराटपथसँग भने, ‘हामीले सधै सेवा दिएका छौ । तर यतिबेला सेवासँगै बुझेको चेतना अरुलाई बढ्न सक्यो भने सबैलाई फाइदा मिल्छ ।’
सो मेडिकल पसलले औषधी खरिद गर्ने ग्राहकलाई निशुल्क सेनिटाइजर समेत वितरण गर्दै आएको छ । आफैले उत्पादन गरेको सेनिटाइजर एक ग्राहकलाई ५० मिलिलिटरको दरले उपलब्ध गराउँदै आएको छ । सो सेनिटाइजरमा इथानोल, एलोभेरा जेल, रोज वाटर र गिल्सिरिन मिसाई बनाइएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल