News flash

विराटपथ

बिहिबार, चैत्र १३, २०७६

जनकपुरधाम । कोराना भाइरस (कोभिड १९) को नियन्त्रण र रोकथामका लागि प्रदेश २ सरकारले २५ करोड रुपैयाको राहत कोषको स्थापना गरेको छ । प्रदेश सरकारले कोरोना भाइरसबाट प्रभावित भएकाहरुलाई राहत उपलब्ध गराउन राहत कोषको स्थापना गरेको जनाएको छ ।
मन्त्री परिषद्को बिहिबार सम्पन्न बैठकले सरकारको तर्फबाट २५ करोडको राहतकोषको स्थापना गर्ने र सो कोषमा सम्पूर्ण मन्त्रीले एक महिनाको तलब राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र कुमारयादवले बताए । उनले सो राहत कोषमा सहयोग गर्न समाजिक संघ संस्था, प्रदेशका व्यापारिक र इच्छुक व्यक्तिहरुलाई आह्वान समेत गरिने जनाए ।
मन्त्री परिषद्को बैठकले महामारी नियन्त्रणको लागी मुख्यमन्त्रीको संयोजकत्वमा सबै मन्त्री रहने गरि उच्च स्तरीय निर्देशन समिति गठन गरेको छ भने महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निमित्त प्रमुख सचिव नारायण दवाडीको संयोजकत्वमा सबै मन्त्रालयका सचिव रहने गरि विशेष कार्यकारी समिति समेत गठन गरेको छ ।
कार्यकारी समितिलाई बिहिबारको मन्त्री परिषद बैठकले विशेष परिस्थितिमा महामारी नियन्त्रणको लागि आवश्यक व्यवस्थापन गर्न निर्देशन समेत दिएको छ । कार्यकारी समितिले महामारी नियन्त्रणको लागी चाहिने आवश्यक सामग्रीहरुको खरिद विशेष परिस्थितिको लागि व्यवस्था गरिएको खरिद नियमावली बमोजिम गर्न पाउने छन ।
सार्थै मन्त्री परिषद्ले प्रादेशिक अस्पताल जनकपुर, वीरगञ्ज र राजविराजमा कोरोना सम्बन्धि जाँच गर्ने ल्याबको स्थापना गर्ने निर्णय समेत गरेको प्रवक्ता यादवले जनाए । मन्त्री परिषद्को बैठकले लकडाउनका कारण समस्यामा परेका गरिव जनताहरुको लागि आवश्यक राहतको व्यवस्था गर्न स्थानीय तहसँग समन्वय गरेर अघि बढने निर्णय गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल