प्रेमीसँग मिलेर पतिको हत्या

Logo
बुधबार, चैत्र १२, २०७६

जनकपुर । अनैतिक सम्बन्धले पारिवारिक सम्बन्ध बिग्रर्ने मात्र होइन ज्यान समेत जाने घटनाहरु हाम्रो समाज देखिन थालेको छ । प्रमुखत श्रीमान, श्रीमतिको परस्त्री र परपुरुषसँगको अनैतिक सम्बन्धका कारण पारिवारिक बिग्रह देखिएका छन् । यस्तै घटना फेरि धनुषामा घटेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शहिदनगर नगरपालिका वडा नम्बर ३ दिवारथानमा फागुन २८ गते भएको हत्याकाण्डमा पत्नीको योजनामा उनका प्रेमी मिलेर हत्या भएको तथ्य सार्वजनिक भएको हो । प्रहरीले बिहान २ बजेको समयमा आफ्नै घरको कोठामा सुती रहेको अवस्थामा कंक्रिट पथ्थरले टाउकोमा प्रहार गरि ६० बर्षिय राकेशकुमार मण्डलको शव फेला परेको जनाएको थियो ।
सो घटनामा मण्डलको कान्छी श्रीमति कोशिलादेवी र उनका प्रेमी सोही नगरपालिका बस्ने २७ बर्षका राकेशकुमार मण्डल रहेको प्रहरीको भनाई छ । प्रहरी बुधवार दुबै मिलेर कर्तव्य गरी हत्या गरेको खुलेको जनाएको छ ।

यसरी भयो हत्या
तराईमा होली मनाउने दिन फागुन २७ गते मृतकको कान्छी श्रीमति कोशिलादेवी र निजको प्रेमी राकेशकुमार मण्डलले हत्याको योजना बनाउँछन् । टेलिफोनबाट संवाद गरि उनीहरुले आफ्नो योजना अनुसार कोशिलादेबीले आफ्नै श्रीमान राजकिशोर मण्डललाई राती खानामा नसालु औषधी मिलाएर खान दिन्छिन् ।
त्यसपश्चात नसालु औषधी खाएर लठ्ठिएका राजकिशोर मण्डल सुतेर निदाउँछन् । आफ्नो श्रीमान् निदाई सके पश्चात कोशिलादेबीले आफ्नो प्रेमी राकेशकुमार मण्डललाई सोही राती बोलाउँछिन् । राती २ बजेको समयमा कोशिलाको घर पुगेका राकेशले घर बाहिर रहेको कल धारामा ओछ्याई राखेको कंक्रिट पत्थर ल्याई ओछ्यानमा सुतेका राजकिशोर माथि प्रहार गर्छन ।
निदाएका राजकिशोर माथि दुवैजना मिलेर टाउकोमा प्रहार गर्छन । प्रहरी कंक्रिटको पत्थरले निजको निधारमा पटक पटक प्रहार गरी विभत्स तरिकाले हत्या गरेको अनुसन्धानबाट खुल्न आएको जनाएको छ ।
घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनाको प्रकृति हेरेर तत्कालै कोशिला देवीलाई घटनास्थलबाटै र राकेशकुमार मण्डललाई उनैको घरबाट नियन्त्रणमा लिएको जनाएको छ । दुबैले मिलोमतोमा राजकिशोरको हत्या गरेको स्वीकार गरेका छन् । प्रहरीले नियन्त्रणमा लिएका दुवैजना अभियुक्त उपर कर्तव्य ज्यान मुद्दा चलाएको छ ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]