चीनको सहयोग लिइने
विराटनगर । नेपाल सरकारले कोरोना भाइरसको ल्याव परिक्षण धरानमा नै गर्ने निर्णय गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधवार पत्रकार सम्मेलनको आयोजना गर्दै काठमाण्डौमा मात्र उपलब्ध सो सेवा अब धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गर्ने जनाएको हो ।
नियमित पत्रकार सम्मेलन स्वास्थ्यमन्त्री भानुभक्त ढकालले भने,‘ल्याबको काम अब धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पनि हुन्छ । हामी क्रमश यो सेवालाई सात वटै प्रदेशमा बिस्तार गर्नेछौ ।’ अहिले कोरोनाको संक्रमण छ कि छैन भनेर स्वाब परिक्षण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्र हुँदै आएको छ ।
सरकारले पूर्वको विराटनगर र पश्चिमको नेपालगञ्जबाट नमूना संकलन गरेर दिनको एकपटक हवाईजहाज मार्फत काठमाण्डौ लैजाने गरेको थियो । बाँकी स्थानहरुको भने एम्बुलेन्सको माध्यमबाट काठमाण्डौ लैजाने गरेको थियो । तर सरकारले बुधबार ल्याबका लागि आबश्यक पर्ने केही किटजन्य पदार्थ धरान पठाएको जनाएको छ ।
चीनको सहयोग लिइने
सरकारले कोरोना भाइरस रोकथामा र नियन्त्रणका लागि चीन सरकारको सहयोग लिने बताएको छ । स्वास्थ्यमन्त्री ढकालले किटजन्य सामानहरु, मापन गर्ने यन्त्र, चाहिने मात्राका अन्य सामग्रीहरु चीनबाट ल्याउन पहल शुरु गरिएको जानकारी दिए ।
उनले ती सामाग्रीहरु चीनबाट ३ दिनभित्रमा नेपाल आउने र नेपाल भित्रीसके पश्चात प्रदेश र जिल्ला तहमा वितरण गरिने बताए । त्यसैगरि उनले नेपाल रहेका नेपाल र विदेशबाट आएका बिदेशीहरुमा कोरोनाको संक्रमण देखिए उनीहरुको उपचार गर्ने जिम्मा राज्यको भएको बताए ।
लकडाउनलाई बन्द हडताल जस्तो नबुझिदिन आग्रह गर्दै मन्त्री ढकालले भाइरसको संक्रमण रात, विहान, बेलुका नहुने उल्लेख गरे । सानो खेलाचीले गम्भीर प्रभाव पर्ने हुँदा सबैले सावधानी अपनाउन पर्ने उनको सुझाब थियो ।