News flash

विराटपथ

बुधबार, चैत्र १२, २०७६

विराटनगर । नेपालमा थप एकजनामा कोरोना संक्रमण देखिएको छ । यो संक्रमणसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ३ पुगेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार नेपालमा कोरोनाको तेस्रो बिरामी फेला परेको जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयको वेवसाइटमा बुधबार प्रकाशित विवरण अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आइसोलेसनमा रहेका एक बिरामीमा कोरोना संक्रमण पोजेटिभ देखिएको हो ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा ती बिरामी भर्ना भएको बताइएको छ । यस अघि कोरोना संक्रमण देखिएपछि एक किशोरी टेकुमै उपचाररत छिन् । अर्का संक्रमित उपचारबाट स्वास्थ्य भएर फर्किसकेका छन् ।

हालसम्म नेपालमा कूल ६ सय ८७ जनामाथि कोरोनाको परीक्षण गरिसकिएको छ । तीमध्ये ६ सय ८४ जनाको परीक्षण नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल