लकडाउनको दोश्रो दिन : विराटनगरमा चहलपहल शुन्य (फोटो फिचर)

Logo
बुधबार, चैत्र १२, २०७६

विराटनगर । सरकारले लकडाउन गरेको दोश्रो दिन प्रदेश १ को राजधानी विराटनगरमा चहलपहल शुन्य रहेको छ । यद्धपि अति जरुरी र अत्यावश्यक काममा हिड्ने सवारी साधन भने सडकमा चलेका छन् ।
विराटनगरमा रहेको भाटभटेनी सुपरमार्केट आंशिक रुपमा खुलेको छ । सडकको चोक चोक प्रहरीहरु तैनाथ छन् । सडकमा फाट्टफुट्ट हिडेको सवारी साधारण र सवारी साधानलाई प्रहरीले सोधपुछ गर्दै छाड्ने गरेका छन् ।
विराटनगरको विमानस्थल पूर्णरुपमा बन्द छ । विमानस्थलमा प्रहरीले सुरक्षा दिएका छन् । खानेपानी, एम्बुलेन्स, सञ्चारमाध्यमका सवारी साधन चलेका छन् । नीजि र सरकारी क्षेत्रका अस्पतालहरु खुल्लै छन् । शहरको भित्री भागमा रहेका केही पसलहरु भने खुलेका छन् ।

गन्तब्य तर्फ जाँदै एम्बुलेन्स

खानेपानी अबरुद्ध भएपछि मर्मत गर्दै खानेपानी संस्थानका कर्मचारी

हिडडुलमा कडाई गर्दै प्रहरी

सुनसान विराटनगर विमानस्थल

विमानस्थलमा सुरक्षा दिदै प्रहरी

सुनसान सडकमा गुडिरहेको मालवहाक सवारीसाधन

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]