News flash

विराटपथ

बुधबार, चैत्र १२, २०७६

विराटनगर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी मोरङ जिल्ला कमिटिले लकडाउनका कारण अति विपन्न वर्गलाई असहज हुने हुँदा मातहातका कमिटि र जनसंगठनलाई राहत र उद्धारमा केन्द्रीत भई सहयोगमा जुट्न आग्रह गरेको छ ।
नेकपाले एक बिज्ञप्ति जारी गर्दै लकडाउनका कारण अति विपन्न परिवारका बालबच्चा, रोगी, जेष्ठ नागरिक र अन्य भोकै र बिरामी हुन सक्ने भएकाले पार्टी जिल्ला कमिटि, प्रतिनिधिसभा क्षेत्रीय कमिटि, प्रदेशसभा कमिटि, पालिका कमिटि, वडा कमिटि र जनसंगठनहरुले आफु रहेको वडामा केन्द्रीत रहेर समन्वय गर्न आग्रह गरेको छ ।
अध्यक्ष ऋषिकेश पोखरेल, सचिव गणेश उप्रेती शुसिलद्धारा जारी बिज्ञप्तिमा भनिएको छ,‘सबै कमिटिहरु आफ्नो वडामा केन्द्रीत रहि आबश्यक समन्वय गरि उद्धार, राहत र सबैखाले सहयोगमा केन्द्रीत हुन निर्देशित गरिन्छ ।’ बिज्ञप्तिमा सामाजिक संघ संस्थालाई समेत सहयोगका लागि आग्रह गरिएको छ ।
यसैगरि सरकारीले जारी गरेको लकडाउनको पालना गर्न समेत नेकपाले सबैलाई आग्रह गरेको छ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल