विराटनगर । कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि भएको सरकारी प्रयास लकडाउनको उल्लंघन गर्नेलाई प्रहरीले कारबाही गरेको छ । लकडाउनको समयमा घर मै बस्न आग्रह गरेपनि अटेर गरेर हिडडुल गर्ने र सवारी साधान चलाउनेलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार लकडाउनको पहिलो दिन मंगलबार सवारी साधान चलाउने २ जना मानिस सहित एकसय ९ वटा मोटरसाइकल, दुईवटा कार र जीप, चारवटा सिटी सफारी, एउटा स्कुटर र १८ वटा साइकल सहित एकसय ३४ वटा सवारी साधान नियन्त्रणमा लिइएको हो ।