News flash
विराटनगरमा पनि डेंगुको उच्च जोखिम

ठाँउ ठाँउमा लामखुट्टे र लर्भा भेटियो

विराटपथ

आइतबार, चैत्र ०२, २०७६

विराटनगर । दुईजनालाई डेंगु रोगको संक्रमण भएको पुष्टि भएपछि प्रदेश १ को राजधानी  विराटनगरमा डेंगुको उच्च जोखिम रहेको सम्बन्धित अधिकारीहरुले प्रष्ट पारेका छन् । विराटनगरको बिभिन्न स्थानमा डेंगु संक्रमित लामखुट्टे समेत फेला परेपछि विराटनगर महानगरपालिकाले सर्तक रहन सबैलाई आग्रह गरेको छ ।

विहिबार विराटनगरमा दुईजनालाई डेंगुको संक्रमण भएको पुष्टि भएपछि महानगरले नगरक्षेत्र भित्र औषधी छर्कने लगायतको काम शुरु गरेको थियो । छिमेकी जिल्लाको धरान उपमहानगरमा डेंगुको महामारी फैलिएपछि त्यसको जोखिम विराटनगरमा समेत रहेको निष्कर्ष निकालिएको थियो । सोही अनुरुप महानगरले बिभिन्न टोली खटाई डेंगुको पहिचान तथा न्यूनिकरणका लागि काम शुरु गरेको थियो ।

विराटनगरको मुख्य चोकहरु सरौचिया, बसपार्क, मुनालपथ लगायतका क्षेत्रमा डेंगु संक्रमित लामखुट्टे र लर्भा फेला पारेका महानगरको स्वास्थ्य महाशाखाले जनाएको छ । लामखुट्टे र लर्भा पहिचान गर्न खटिएको टोलीले नगरको बिभिन्न स्थानबाट लामखुट्टे समात्ने कार्य गरेको थियो । महाशाखाका स्वास्थ्यकर्मी सुभाष नेपालले विराटनगर डेंगुको उच्च जोखिममा रहेको आजको न्यूजलाई बताए । उनका अनुसार छिमेकी जिल्लामा महामारी फैलिनु, विराटनगरमा रोगी फेला पर्नु र लामखुट्टेका लागि मौसम उपयुक्त हुनुले विराटनगर जोखिममा रहेको प्रष्ट पारे । उनले भने,‘ टायर राखेको स्थान, कवाडी सामाग्री रहेको स्थान र सफा पानी जमेको स्थानमा डेंगु संक्रमित लामखुट्टे फेला परेको छ ।’

विराटनगर महानगरपालिकाले डेंगु रोगको प्रकोप नियन्त्रणका लागि विभिन्न कार्यको शुरुवात समेत गरेको जनाएको छ । लामखुट्टे र लर्भा पहिचानका लागि महाशाखाको टोली खटिएको छ भने नगरका सबै वडाहरुमा मालाथिन स्प्रे छर्किन कार्यलाई निरन्तरता दिइएको छ । महाशाखा प्रमुख लोजिता योन्जनले अहिले हरेक दिन विहानदेखि दिउँसो १२ बजेसम्म मालोथिन स्प्रे छर्कदै आएको बताँइन् । उनका अनुसार डेंगु संक्रमित लामखुट्टेले दिउँसोपख टोक्ने हुँदा दिउँसो नै स्प्रे छर्कदै आइएको छ ।

यसैबीच शुक्रबार महानगरपालिकाले डेंगुबाट माहमारी फैलन नदिन सरोकारकारवालासँग छलफल शुरु गरेको छ । महानगरका प्रमुख भीम पराजुलीले नगर क्षेत्रभित्रमा सार्वजनिक तथा नीजि क्षेत्रका बिद्यालयका प्रधानाध्यापकसँग छलफल गरेका छन् । महानगरका प्रेस संयोजक कौशल निरौलाका अनुसार रोगको प्रकोप फैलान नदिन संञ्चारकर्मी, युवा अभियन्ता, नीजि क्षेत्रका अस्पतालका चिकित्सकहरु र वडाका जनप्रतिनिधिहरुसँग समेत छलफल गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल