News flash

नरेश केसी

बुधबार, चैत्र १२, २०७६

भैरहवा । नपलपरासीको सर्दीमा रहेको होंगसी सिमेन्ट उद्योगले सरकारी निर्देशनको अवज्ञा गरेको छ । सरकारी निर्णयको अवज्ञा गर्दै सो उद्योगले पूर्णरुपमा सञ्चालनमा रहेको छ ।
नोभेल कोरोना भाईरसको संक्रमण फैलिन नदिन सरकारले मंगलबारदेखि लकडाउन घोषणा गरेको थियो तर सो उद्योगले सधै झै उद्योग सञ्चालन गरेको छ ।
चिनियाँ लगानी रहेको सो उद्योगमा सयौ मजदुरहरु काम गर्छन् । चिनियाँ र नेपाली दुबै देशका नागरिकले काम गर्ने उक्त उद्योगमा नियमित काम भईरहेको उद्योगका प्रतिनिधि नितेश भट्टराईले बताए । उनले भने, ‘हामीले बाहिरकालाई भित्र जान दिएका छैनौ र भित्रका बाहिर निस्केका छैनौ । तर हाम्रो नियमित काम भने भईरहेको छ ।’
यस्तो महामारीको बेला पनि उद्योग सञ्चालन गर्नुभएछ नि भन्ने जवाफमा उनले भने, ‘हामीले फ्याक्ट्री नै आईसोलेटेड तरिकाले चलाएका छौ ।’
यस बिषममा जिल्ला प्रशासन कार्याययका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले सरकारी आदेश विरुद्ध जाने अधिकार कसैलाई नभएको बताए । उनले भने, ‘यदि सन्चालन गरेको भए हामी तत्काल अनुगमन गरेर कारबाहि गर्छाै ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल