News flash

आरोहण शाह

बुधबार, चैत्र १२, २०७६

वीरगञ्ज । कोरोना भाइरस (कोभिन– १९) लाई नियन्त्रण र रोकथाम गर्न सरकारले गरेको लकडाउनको आग्रहलाई उल्लंघन गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । लाकडाउनको दोश्रो दिन बुधबार पर्साको वीरगञ्जमा प्रहरीले ५३ जनालाई नियन्त्रणमा लिएको छ ।
बुधबार विहानै पर्सा प्रहरीले चितवनबाट वीरगञ्ज आएको एक मालवहाक कन्टेनरमा लुकेर बसेका ५३ जनालाई कन्टेनरसहित नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । लकडाउनको दोश्रो दिन विहानै देखि वीरगञ्जको अवस्था सुनसान छ भने सर्वसाधारण घर मै बसेका छन् । प्रहरीका अनुसार चितवनबाट आएको सो कन्टेनरमा लुकेका ५३ जना मध्ये ५० जना पर्सा जिल्लाका रहेका छन भने ३ जना बारा जिल्लाका रहेका छन् ।
कोरोना भाइरसलाई नियन्त्रण गर्न हिजोदेखि लागू गरेको लकडाउन उल्लंघन गरेको भन्दै मंगलवार वीरगञ्जमा सयवटा मोटरसाइकल र तीनसय जनालाई प्रहरीले पक्राउ गरी पाँचसय जरिवाना गरेर छोडेको थियो । सरकारले चैत १८ गतेसम्म लकडाउन घोषना गरेर कोरोना भाइरस रोकथाम गर्ने प्रयास गरेको छ । लकडाउनमा अति आवश्यक स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दूध, विद्युत, दूरसञ्चार, भन्सार, फोहोरमैला व्यवस्थापन लगायत मात्र खुल्ला गरिएको जनाएको छ ।
तर वीरगञ्ज महानगरपालिका लगायत केही स्थानमा स्थानीयबासीले लकडाउन उल्लंघन गरेका थिए । लकडाउनको अवस्थामा अत्यावश्यक काम बाहेक बाहिर ननिस्कनका लागि गरिएको अपिलको उल्लंघन गरेर काम नभएका मानिसहरु पनि घुमफिर गर्न थालेपछि प्रहरीले कडाइ गर्न थालेको छ । यता नेपाली सेनाले समेत बुधबारबाट निगरानी बढाएको छ । वीरगञ्ज ब्यारेक अगाडी रहेको तरकारी पसलहरुमा मानिसको आवात जावत बढी भएकोले पसलहरु बन्द गराएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल