News flash

विराटपथ

मंगलबार, चैत्र ११, २०७६

विराटनगर । भारतबाट नेपाल फर्किदा सीमा नाकामा अलपत्र परेकालाई नेपाली सेनाले टाँडीमा स्थापना गरेको क्वारेन्टाइनमा पठाइएको छ ।
भारतबाट विराटनगर नाका हुँदै नेपाल प्रवेश गर्दा अलपत्र परेका ४४ जनालाई स्थानीय प्रशासनले क्वारेन्टाइनमा पठाएको हो । नेपाल सरकारले मंलगबार मात्र सीमा नाकामा अलपत्र भएकाहरुलाई नेपाल प्रवेशका लागि एकपल्ट मौका दिने निर्णय गरेको थियो । सरकारले प्रदेश सरकार र जिल्ला प्रशासन कार्यालयको समन्वयमा अलपत्र परेकाहरुको ब्यवस्थापनको जिम्मा दिइएको थियो ।
विराटनगर रानी नाकामा अलपत्र परेका ३४ र विराटनगर बसपार्कमा अलपत्र परेका १० जनालाई मोरङको मिक्लाजुङ गाउँपालिकाको टाडीमा निर्माण गरिएको क्वारेन्टाइनमा पठाइएको हो । सरकारले मंगलबारदेखि लकडाउन गरेपछि पूर्वको काकडभित्ता र जोगवनी नाकामा नेपालीहरु अलपत्र परेका थिए । उनीहरुको स्वास्थ्य परिक्षणका लगायतका कार्य क्वारेन्टाइनमा नै गरिनेछ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार क्वारेन्टाइनमा पठाइएकाहरुमा ४२ पुरुष र २ महिला छन् ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल