News flash

विराटपथ

मंगलबार, चैत्र ११, २०७६

विराटनगर । कोरोना भाइरसका कारण नेपाल भारत सीमा बन्द भएर अलपत्रकालाई नेपाल प्रवेशका लागि एकपल्ट मौका दिइने भएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समितिको बैठकले सीमामा आवतजावत बन्द गरिएपछि अलपत्र परेका नेपालीलाई एक पटकका लागि देश प्रवेशको मौका दिन लागेको हो ।
तर उनीहरुले स्वास्थ्य जाँच गराएर नेपाल प्रवेश गरेपछि अनिवार्य रुपमाा क्वारेन्टाइनमा बस्नुपर्नेछ । हाल पूर्वको काकडभित्ता र विराटनगरको जोगवनी नाका भारतबाट आएका नेपालीहरु अलपत्र अबस्थामा रहेका छन् । त्यस्तै पश्चिम नाकामा सयौका संख्यामा फर्किएका नेपालीहरु पनि अलपत्र अबस्थामा नै रहेका छन् । सरकारले उनीहरुको नेपाल प्रवेशका लागि प्रदेश सरकारको संयोजकत्वमा संयन्त्र बनाएर घरसम्म पुग्ने वातावरण तयार गर्ने जनाएको छ । गृह र स्वास्थ्य मन्त्रालयसँग समन्वय गरेर जिल्ला प्रशासन कार्यालयले अलपत्र परेकाहरुलाई घर पठाइनेछ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल