News flash

विराटपथ

मंगलबार, चैत्र ११, २०७६

विराटनगर । कोरोना भाइरस संक्रमित १९ बर्षिया युवतीसँगै नेपाल आएका सबैको पहिचान भएको छ । फ्रान्सबाट कतार हुँदै नेपाल फर्किदा कतारको दोहाबाट यात्रा गर्ने एकसय २५ जनाको पहिचान भएको प्रहरीले जनाएको छ । उनीहरु कतार एयरको क्युआर ६५२ विमान मार्फत काठमाण्डौ अवतरण गरेका थिए ।
नेपाल आएका उनीहरुको राहदानी मार्फत पहिचान भएको थियो । सो दिन कतारबाट क्युआर ६५१, क्युआर ६५२ र क्युआर ६५३ विमान त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यलयका अनुसार नेपाल प्रहरीलाई नेपाल आउनेहरुको विवरण बुझाइएको छ । प्रहरीले समेत उनीहरुको ठेगानाका आधारमा स्वास्थ्य जाँच र क्वारेन्टाइन जस्ता बिषयमा थप सर्तकता अपनाउन मातहातका निकायलाई पत्राचार गरिसकेको छ ।
कोरोना भाइरसबाट संक्रमित ती युवती कतार एयरवेजको विमानबाट चैत्र ४ गते काठमाण्डौ फर्किएको थिइन् । सो दिन कतार एयरको विमानबाट नेपाल आउने सबैको अनिवार्य स्वास्थ्य जाँच गरिने बताइएको छ । उक्त दिन कतार एअरवेजका तीनवटा उडानमार्फत् ४६९ जना नेपाल आएका थिए । पहिचान भएका ती यात्रुहरुको नाम र ठेगाना भने खुलाइएको छैन । सो विमानमा एकसय ५८ जना यात्रु थिए ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल