विराटनगर । प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले आफ्नो एक महिनाको तलब कोरोना उपचार राहत कोषमा प्रदान गर्ने भएका छन् ।
प्रमुख प्यासीको सचिवालयले मंगलबार एक बिज्ञप्ति जारी गर्दै नोवल कोरोनाको संक्रमणलाई फैलन नदिन तथा रोगको रोकथाम एंवम नियन्त्रणका लागि नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण, नियन्त्रण तथा उपचार कोषलाई एक महिनाको बराबरको पारिश्रमिक (तलब) उपलब्ध गराउने जनाइएको छ ।