News flash

विराटपथ

आइतबार, चैत्र ०२, २०७६

दक्षिण अफ्रिकाका राजा तथा नेल्सन मन्डेलाका भतीजालाई बन्चरो लिएर दरबारमा हंगामा गरेको आरोपमा गिरफ्तार गरिएको छ । राजा बुयेलेखाया दालिंदयेबो गत वर्ष डिसेम्बरमा प्यारोलमा जेलबाट बाहिर आएका थिए । शुक्रबार बिहान उनी बन्चरो लिएर थुम्बु रोयल प्यालेसमा पसे । प्रत्यक्षदर्शीका अनुसार उनी आफ्ना छोराको खोजीमा थिए, जसलाई उनी जेलमा रहेका बेला कार्यवाहक राजा घोषित गरिएको थियो ।

उनका छोरा झ्यालबाट फाल हानेर भाग्न सफल भए पनि उनकी पत्नी भने घाइते भएकी शाही प्रवक्तालाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । अपहरण, उत्पीडन र आगजनीको घटनामा दोषी पाइएपछि राजा बुयेलेखायालाई १२ वर्षको जेल सजाय सुनाइएको थियो । तर, राष्ट्रपतिले गत वर्ष बुयेलेखायासहित केही कैदीलाई प्यारोल दिने फैसला गरेका थिए । राष्ट्रपतिको यो निर्णयसँगै चार वर्ष जेल बसेका बुयेलेखाया बाहिर आएका थिए ।

सन् १९९४ मा गोरा–अल्पसंख्यक शासनको अन्त्य भएपछि कुनै अपराधमा दोषी ठहर भई जेल जाने उनी पहिलो दक्षिण अफ्रिकी शासक थिए ।

राजपरिवारमा तनाव

५६ वर्षीय बुयेलेखाया थेम्बू समुदायका हुन् । दक्षिण अफ्रिकाका पहिलो ‘काला राष्ट्रपति’ नेल्सन मन्डेला पनि यही समुदायका थिए ।

अफ्रिकामा सात आधिकारिक रूपमा घोषित शासक छन् जसले अलग–अलग जाति समूह र समुदायको अगुवाई गर्छन् । राजा बुयेलेखाया जेलबाट बाहिर आएदेखि नै थेम्बु राजपरिवारमा तनाव बढेको थियो । उनले आफ्ना छोरा एवम् कार्यवाहक राजा अजेनाथी जेनेलिज्वे दालिंदयेबोसँग भेट गर्नसमेत अस्वीकार गरेका थिए ।

दक्षिण अफ्रिकाको सिटी प्रेस पेपरको रिपोर्टअनुसार, गत महिना शाही परिवारले अजेनाथीलाई थप एक वर्ष राजाकै रूपमा राख्ने तय गरेको थियो । शाही प्रवक्ता प्रिन्स सिगानयेको दालिंदयेबोले राजा बुयेखाया शुक्रबार स्थानीय समयअनुसार रातको तीन बजे पूर्व केप प्रान्तस्थित प्यालेसमा पसेका बताए । उनले सरकारी टिभी च्यानल एसएबीसीलाई भनेका छन्, ‘उहाँ बन्चरो र धारिलो हतियार लिएर घुमिरहनु भएको थियो । बैठक कोठाको एउटा झ्याल तोड्न सफल भएपछि त्यसैबाट उहाँ भित्र छिर्नुभएको थियो । कार्यबाहक राजालाई खोज्दै उहाँ सिँढीबाट माथि जाँदै हुनुहुन्थ्यो । केही व्यक्तिले उहाँको ध्यान अन्तै मोड्ने प्रयास गरे । यसै क्रममा कार्यवाहक राजा एउटा झ्यालबाट फाल हानेर सुरक्षित रूपमा भाग्न सफल हुनुभयो ।’

उनका अनुुसार प्यालेसमा राजाले हंगामा मच्चाए । कार्यवाहक राजाको कोठामा तोडफोड सुरु गरे । केही गोप्य दस्तावेजसमेत फ्याँकिदिए । घटनाको भिडियो फुटेजमा देख्न सकिन्छ कि निकै निराश देखिएका राजा बुयेलेखाया प्यालेस बाहिर उभिएर चुरोट तानिरहेका थिए । आफूलाई गिरफ्तार गर्न उनले प्रहरीलाई चुनौती पनि दिइरहेका थिए । अन्ततः उनलाई प्रहरीले गिरफ्तार गर्‍यो ।

राजा बुयेलेखायालाई सन् २०१८ मा जेल पठाइएको थियो । उनी सन् १९९० को दशकमा भएको उत्पीडनको आरोपमा दोषी पाइएका थिए । उनले एक महिला र उसका ६ बच्चालाई अपहरण गरेका थिए, ती महिलाको घरमा आगो लगाइदिएका थिए भने चार युवालाई कुटपिट गरेका थिए । पिटएकामध्ये एक जनाको मृत्यु भएको थियो । उनीहरूका एक नातेदार अदालतमा पेस नभएको भन्दै राजाले यस्तो गरेका थिए ।

 

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल