अमेरिकन आइडलमा दिवेशको गीत सुनेर निर्णायकले आँशु झारे

Logo
मंगलबार, चैत्र ११, २०७६

विराटनगर । विश्वकै चर्चित रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेलको प्रस्तुति हरेक साता दमदार बन्दै गएको छ । पहिलो अडिसनबाट स्यावासी पाएका उनले अन्य राउण्डहरुमा समेत निक्कै उत्कृष्ट प्रस्तुति दिदै आएका छन् ।
यो साता दिवेसको प्रस्तुतिमा निर्णायक मध्येका एक लिओनेल रिचीले आँशु नै झारेका छन् । उनै एरेन्जमेन्टको गीत भन्दै रिचीले झरेको आँशुलाई हातले पुछेको भिडियो युट्युबमा अपलोड गरिएको छ । अमेरिकन आइडलको युट्युब च्यानलमा रहेको सो भिडियोमा उनले छोटो समयमा आफूले तयार पारेको गीत एक्सपेरिमेन्टका रुपमा प्रस्तुत गरेको बताएका छन् ।
उक्त भिडियोमा दिवेसले निर्णायकसँग गायनका केही प्रस्तुतिहरुको अभ्यास गरेको झलक पनि देखाइएको छ । दिवेशको प्रस्तुतीमा तीनै जना निर्णायकले स्ट्यान्डिङ अवेसन पनि दिएका छन् । यस असघका प्रस्तुतीमा पनि उनले निरन्तर निर्णायकले स्ट्यान्डिङ अवेसन पाउँदै आएका छन् ।
अमेरिकन आइडलको १८औं सिजनमा शीर्ष २० भित्र परेका दिवेशलाई निर्णायक मध्येक एक लुके ब्रायनले अडिसनमा ठूलो स्टार हुन सक्ने भन्दै प्रशंसा गरेका थिए । अमेरिकन आइडलको जारी १८औं शृंखलाको निर्णायकमा ब्रायनसँगै केटी पेरी र लिओनेल रिची छन् ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]