News flash

विराटपथ

सोमबार, चैत्र १०, २०७६

विराटनगर । विराटनगर महानगरपालिकाले मंगलबारदेखि नगर क्षेत्र लकडाउन गर्ने घोषणा गरेको छ । महानगरपालिकाले सोमबार पत्रकार सम्मेलनको आयोजना गर्दै कोरोना भाइरसको संक्रमण रोक्न र नियन्त्रण गर्न अनिश्चिकाल सम्मका लागि लकडाउनको घोषणा गरेको हो ।
महानगरपालिका प्रमुख भीम पराजुलीले कार्यपालिकाको बैठकबाट नगरक्षेत्र भित्र लकडाउन गर्ने निर्णय गरेको जानकारी दिए । उनले सञ्चारकर्मीहरुसँग भने,‘कोरोनाको कारणले भोलिका दिनमा भयावह अबस्था नआओस् भनेर यो निर्णय गरिएको हो । सीमामा समेत लकडाउन भएको छ । हामीले सबै सरोकारवाला निकायलाई बोलाएर छलफल गरे अनुसार लकडाउन गरेका हौ ।’
यसैबीच नगरका बिभिन्न संघ संस्थाले बिज्ञप्ति जारी गर्दै विषम् परिस्थितमा सचेत रहन आग्रह गरेको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल