News flash

विराटपथ

आइतबार, चैत्र ०२, २०७६

विराटनगरको टोल टोलमा खेलाडीहरु टीम तयार पार्न र प्रतियोगितामा सामेल हुन तछाँड मछाँड गर्थे । क्रिकेट भनेपछि मरिहत्ते गर्नेहरु आफै आफैमा रकम संकलन गरेर खेल सामाग्रीको जोहो गर्थे । तर अहिले विराटनगरमा स्तरिय प्रतियोगिता नभएको बर्षौ भयो । पाका र पुराना खेलाडी पनि पलायन भए ।

केही दिन अघि विराटनगरको नर्सिङ होम मैदानमा चार दर्जन बढी किशोर क्रिकेटको अभ्यासमा जुटेका थिए । कसैको हातमा क्रिकेटको ब्याड थियो त कसैको हातमा बल । ठिक ठिकैको मैदानमा ५० भन्दा बढी किशोरहरुलाई अभ्यास गर्न कठिन भएपनि उनीहरु बडो मेहनत र फुर्तिका साथ आफ्नो जाँगर देखाई रहेका थिए । उनीहरुको एउटै लक्ष्य थियो, राम्रो अध्ययनसँगै स्तरीय क्रिकेटर बन्ने ।

१७ बर्षिय मोहित अर्यालको स्थायी घर काठमाण्डौ हो । उनी सानैदेखि विराटनगरमा रहेको मामाघर बसे । यतै उनले क्रिकेट खेल्न सिके । उनी अहिले अर्किड कलेजमा अध्ययन गर्छन । उनले क्रिकेट खेल्न थालेको सात बर्ष भयो । रहरले क्रिकेट खेल्न थालेका मोहित क्लब र कलेज स्तरिय प्रतियोगितामा सहभागिता जनाई सकेका छन् । उनको एउटै लक्ष्य छ, राम्रो र ब्यवसायिक क्रिकेटर बन्ने ।

विराटनगर क्रिकेटका लागि उर्वर स्थान हो । यहाँबाट देशले राम्रा राम्रा राष्ट्रिय तथा अन्तराष्ट्रिय क्रिकेटर पाईसकेको छ । तर अहिले क्रिकेट खेलको गतिबिधि शुन्य हुँदा पुराना खेलाडी मात्र होइन् नयाँ खेलाडीमा पनि निरासा छाएको छ । अर्किड कलेजको क्रिकेट प्रशिक्षक मेहबुब बाबु इराकी प्रदेश १ का टीमका खेलाडी हुन । मेहबुबले यस क्षेत्रका बिभिन्न प्रतियोगिता खेलिसकेका छन् । उनी भन्छन्,‘धेरै भयो विराटनगरमा स्तरिय म्याच भएको छैन । राम्रो राम्रो म्याच नहुँदा खेलाडीहरु सुस्ताउँछन् । नयाँ खेलाडीलाई हौसला पनि हुँदैन ।’

विराटनगरको क्रिकेटको साख भने हिसान स्र्पोर्टस मिटले जोगाएको छ । उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ, मोरङले माघ ६ गतेबाट आयोजना गरेको स्र्पोर्टस मिटमा २६ वटा संस्थाले सहभागिता जनाएका छन् । क्रिकेट, फुटबल, भलिबल, बास्केटबल, एथलेटिक्स जस्ता खेल समाबेश प्रतियोगिताहरुमा दुई हजार बिद्यार्थीको सहभागिता रहेको छ ।

सोही हिसान स्र्पोर्टस मिटमा क्रिकेट खेलपनि समाबेश भएकाले सिरहा लहानका १७ बर्षिय मनोज यादव पनि आफ्नो कौशलता देखाउन पाउँदा दङ्ग छन् । उच्च शिक्षाका लागि विराटनगर आएका मनोज यहाँको ग्रिनल्याण्ड कलेजमा पढ्छन् । उनले पनि क्रिकेट खेल्न थालेको तीन बर्ष भयो । ‘हाम्रो तिर दाईहरुले क्रिकेट खेल्नु हुन्थ्यो । त्यहि देखेर म पनि खेल्न थाले ।’ मनोजले रुपान्तरणसँग भने,‘मेरो खेल राम्रो देखेर हौसला दिनुभयो । पढ्छु पनि समय मिले अनुसार खेल्छु पनि ।’

मनोजको विराटनगर बसाईको अनुभव भने फरक छ । लहानमा बिभिन्न क्रिकेटका प्रतियोगिता हुने गरेको छ । तर यहाँ भने त्यस्तो छैन । लहानमा बिद्यालय, कलेज र क्लब स्तरका क्रिकेट प्रतियोगिता हुन्छन् । विराटनगरमा भने त्यस्ता कुनै प्रतियोगिताको आयोजना भएका छैनन् । हिसान स्र्पोर्टस मिटका लागि विराटनगरका कलेजहरुले स्तरिय प्रशिक्षक नै नियुक्ति गरेर बिद्यार्थीलाई खेलको अभ्यास गराई रहेका छन् ।

ग्रिनल्याण्ड कलेजका प्रशिक्षक बिशाल ढकाल पनि यस क्षेत्रका स्तरिय खेलाडी हुन । यस क्षेत्रमा क्रिकेटको विकासले फड्को मार्न नसक्नुमा प्रतियोगिताका अभाव नै रहेको उनको बुझाई छ । ‘खेलहरु भयो भने खेलाडीलाई मोटिभेसन गर्छ । खेलको स्तरमा बढ्दै जान्छ ।’ बिशालले भने,‘तर खेल नै भएन भने खेलाडी सुस्ताउन थाल्छन् । खेल र खेलाडीको बिकास नै हुँदैन ।’

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल