फ्रान्सबाट आएकी १९ बर्षिया युवतीलाई कोरोनाको संक्रमण
विराटनगर । काठमाण्डौमा कोरोना ( कोभिड-१९) का बिरामी फेला परेका छन् । स्वास्थ्य मन्त्रालयले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा एकजनालाई कोरोनाको संक्रमण भेटिएको स्वास्थ्यमन्त्री भानुभक्त ढकालले जानकारी दिए ।
‘१९ बर्षको बिद्यार्थी हुन । उनमा रिर्पोट पोजिटेभ देखिएको छ । स्वास्थ्यमन्त्री ढकालले पत्रकार सम्मेलनमा भने,‘परिवार र सम्पर्कमा रहेका ब्याक्तिहरुलाई आईसुलेसनमा राखेका छौ ।’ उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएकी थिइन् । मन्त्रालयको आकस्मिक पत्रकार सम्मेलनमा उनी र उनको परिवारको बिषयमा थप जानकारी दिइएन । मन्त्री ढकालले विदेशबाट आएका सेल्फ, स्वदेशमा भएका होम क्वारेन्टनइन बस्न समेत सुझाएका थिए ।
फ्रान्सबाट चैत ४ गते फर्किएकी १९ वर्षीया ती किशोरी होम क्वारेन्टाइनमा बसेकी थिइन् । उनीमा कोरोना परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । अहिले उनको टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । उनीसँग सम्पर्कमा रहेका सबैलाई क्वारेनटाइनमा राखिएको बताइएको छ। यसअघि चीनबाट आएका एक जना नेपालीको स्वास्थ्य परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तर, उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
मन्त्रालयले पीसीआर विधिबाट गरिएको परीक्षणमा तीमध्ये दुईवटामा कोरोनाभाइरस भएको पुष्टि भएको जनाएको छ । त्यसैगरि संक्रमण भएको पुष्टि भएकी १९ बर्षिया ती युवती युरोपमा महामारी फैलिएपछि उनी फ्रान्सबाट कतार हुँदै नेपाल फर्किएको बताइएको छ ।
नेपाल आएपछि उनी घर मै क्वारेन्टाइनमा बसेकी थिइन् । उनलाई छुट्टै राखेर उपचार भइरहेको बताइएको छ । उनको सम्पर्कमा आएका सबैलाई खोजेर क्वारेन्टाइनमा राख्ने प्रयास भइरहेको स्वास्थ्यमन्त्री ढकालले बताए । उनीसँगै विमानमा आएका अन्य यात्रीको पहिचान गर्ने प्रयास भइरहेको उनको भनाइ छ ।