News flash

विराटपथ

आइतबार, चैत्र ०९, २०७६

विराटनगर । वीरगञ्जका एक ब्यापारीलाई कोरोना भाइरस भएको भनी फैलिएको खबर हल्ला मात्रै भएको स्थानीय प्रशासनले जनाएको छ । केही सञ्चारमाध्यममा वीरगञ्ज आर्दशनगर घर भएका ती ब्यापारीलाई कोरोना भाइरस भएको भनी कतैबाट पुष्टि नभएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले सञ्चारकर्मीलाई बताए ।
वीरगञ्जका सञ्चारकमी जीतेन्द्र साहका अनुसार आइतबार साँझ एकाएक वीरगञ्जका ती कोइला तथा खाद्यन्नका ब्यापारीलाई भारत पटनाको पटना मेडिकल कलेजले कोरोना भाइरस भएको पुष्टि गरेको भनि खबर फैलिएको थियो । सो खबर पश्चात सञ्चारकर्मीहरुको टोली जिल्ला प्रशासन कार्यालय पर्सा पुगेका थिए । सञ्चारकर्मीको टोली पुगेपछि सहायक प्रमुख जिल्ला अधिकारी बस्नेतले रक्सौलका डिएमसँग टेलिफोनमा कुराकानी गरेर यर्थाथ बुझेका थिए ।
‘साहयक सरले रक्सौलका डिएमसँग वीरगञ्जका बासिन्दालाई कोरोना भएको हो कि होइन भनेर टेलिफोनमा सोध्नुभयो । तर त्यसको पुष्टि हुन सकेन ।’ सञ्चारकर्मी जीतेन्द्र साहले विराटपथलाई भने ।
कामका सिलसिलामा उनी केही दिन पहिला भारत गएका थिए । भारतबाट फर्किएपछि ज्वरो र रुघाखोकीले सताएपछि उनले वीरगञ्जको हेल्थ केयरमा स्वास्थ्य परिक्षण गरेका थिए । स्वास्थ्य परिक्षण गरेको केही दिन बित्न नपाउँदै उनी पुन भारत नै गएका थिए ।
काम बिशेषले भारतको दिल्ली पुगेका उनी पुन विरामी परेपछि पटनाको पटना मेडिकल कलेजमा भर्ना भएको बताइन्छ । सो कलेजले समेत एकजना नेपाली उपचारका लागि कलेजमा भर्ना भएको जनाउँदै उनीमा कोरोना भएको पुष्टि भै नसकेको जनाएको छ । उनको रिर्पोट आउन बाँकी रहेका कलेजको भनाइ छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल