News flash

पंकज शर्मा

आइतबार, चैत्र ०९, २०७६

भद्रपुर । एक साता अघि दुबईबाट नेपाल आएका एक नेपालीमा कोरोनाको कुनै लक्षण फेला नपरेको मेची अस्पताल, झापाले जनाएको छ ।
दुबईबाट मंगलबार काठमाण्डौ उत्रिएका झापा भद्रपुरका ४५ बर्षिय उनलाई कोरोना भाइरसको आंशका गरिएको थियो । मंगलबार काठमाण्डौ उत्रिएपनि उनी बिहिबार मात्र रात्रीबस चढेर गृहनगर भद्रपुर पुगेका थिए । लगातर ज्वरो लगायतको समस्या देखिएपछि शुक्रबार मेची अस्पताल पुगेका उनलाई कोरोना भाइरसको शंका गरिएको थियो ।
मेची अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा.पिताम्बर ठाकुरका अनुसार उनको शरिरबाट नमूना स्वाब संकलन गरेर टेकु अस्पताल पठाइएको थियो । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालबाट आइतबार साँझ पाएको जानकारी अनुसार उनको शरिरमा कोरोनाको कुनै संक्रमण नरहेको ठाकुरले जानकारी दिए । दुबईबाट आएका कारण उनीमा कोरोनाको संक्रमण रहन सक्ने त्रास भएका कारण भद्रपुरमा अन्यौलता रहेको थियो । तर उनमा त्यस्तो कुनै संक्रमण नरहेकाले नआत्तिन अस्पतालले आग्रह गरेको छ ।
यसैबीच मेची अस्पतालमा ८ बटा आइसुलेसन ८ कक्ष समेत तयार गरिएको छ ।

सम्बन्धित

मत-अभिमत

प्रदेश १ को नाम के राख्दा उपयुक्त होला ?

View Results

Loading ... Loading ...

लार्ज मिडिया प्रा. लि.

सूचना बिभाग दर्ता नं.  २८७८ / २०७८–०७९
ठेगाना :  विराटनगर महानगरपालिका – ९, शान्तिचोक
सम्पर्क :  ९८५१०५२८११/ ९८०४००५०००
इमेल :   [email protected]

टिम

अध्यक्ष  : सुष्मा श्रेष्ठ
सल्लाहकार सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल