विराटनगरबाट लुकाई राखेको माक्स र सेनिटाइजर बरामद

Logo
आइतबार, चैत्र ०९, २०७६

विराटनगर । कोरोना भाइरसको संक्रमणबाट जोगिन माक्सको माग बढी रहेको बेला विराटनगरको एक औषधी ब्यापारीको गोदामबाट ठूलो परिणाम माक्स बरामद भएको छ । विराटनगर महानगरपालिका–९ घोगापुल छेउबाट ठूलो परिणाममा मास्क बरामद भएको हो ।
विराटनगर महानगरपालिकाले आइतवार गरेको बजार अनुगमनको क्रममा औषधीका थोक ब्यापारी राजेश अग्रवालको गोदामबाट माक्स र सेनिटाइजर बरामद भएको हो । अग्रवाल श्री सर्जि ईन्पेक्स र श्री हस्पिटलका सञ्चालक हुन । महानगरपालिका नेतृत्वमा औषधी ब्यवस्था विभागसहितको टोलीले उनको गोदाममा लुकाएर राखेको ११ हजार ३ सय ५० वटा माक्स र २ सय वटा सेनिटाइजर बरामद गरेको थियो । विराटनगर महानगर उपभोक्ता संरक्षण तथा अनुगमन समितिका सदस्य सचिव राजेन्द्र प्रधानका अनुसार कालो प्लास्टिकमा लुकाएर राखेको अवस्थामा मास्क र सेनिटाइजर बरामद भएको हो ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]