करको अन्यौलतालाई परिमार्जन गर्न उद्यमी ब्यवसायीको सुझाव

Logo
विराटपथ शुक्रबार, पुष २०, २०८०

विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोसी प्रदेशले करका सन्दर्भमा देखिएको अन्यौलतालाई परिमार्जन सुझाएको छ। महासंघले करनीतिलाई मैत्रीपूर्ण बनाउन आग्रह गर्दै सुधारको समेत माग गरेको छ।
शुक्रबार महासंघले विराटनगर आएका आन्तरिक राजश्व विभागका महानिर्देशक दीर्घराज मैनालीसमक्ष सुझाव पेश गर्दै विश्व नै आर्थिक मन्दीको चपेटामा परेको स्मरण गर्दै अनौपचारिक कारोवारलाई कडाई गर्न आग्रह गरेको छ।
कोसी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले महानिर्देशक मैनालीलाई दिएको सुझावमा आन्तरिक राजश्व कार्यालयलाई करको लक्ष्य दिएर गरिने कामलाई सुधार गर्नुपर्ने, राजश्व संकलनका नाममा स्वदेशका धेरै उत्पादनहरुमा अन्तःशुल्क लगाइ दिंदा आयातित वस्तुमा प्रतिस्पर्धा हुन नसकेको र मदिरा र चुरोट बाहेक अन्य वस्तुमा लगाइएको अन्तःशुल्क खारेज गरिनु पर्ने लगायतको छ।
महासंघको सुझावमा घरेलु तथा साना व्यवसायीहरुको विकास हुने प्रकारको कर नीति हुनुपर्ने, राजश्व न्यायधीकरणमा चित्त नवुझी धरौटी राख्नु पर्ने हालको ५० प्रतिशतलाई घटाई १० प्रतिशत गर्नुपर्ने, राजश्व न्यायाधिकरणको कार्यालय प्रदेश स्तरमा समेत स्थापना हुनुपर्ने लगायतका छन्।
त्यस्तै महासंघले आयकर ऐन २०५८ का बिभिन्न दफालाई ब्यवहारिक बनाउन आग्रह गरेको छ।
यसैगरि विराटनगरमा नै शुक्रबार आयोजित अर्को एक कार्यक्रममा समेत उद्यमी ब्यवसायीले एक नागरिक,एक पान नम्बर’को अवधारणा लागू गर्न आग्रह गरेको छन्।

मोरंङ व्यापार संघ, नेपाल उद्योग परिसंघ, कोशी प्रदेश र उद्योग संगठन मोरबद्वारा संयुक्त
रुपमा आयोजित अन्तरक्रिया कार्याक्रममा ब्यवसायीहरुले सरकारी निकायहरुबाट प्राप्त गर्न अग्रिम कर, अग्रिम आयकर, राजस्व आदि सरकारले सम्बन्धित उद्योग व्यवसायलाई तत्कालै फिर्ता गर्ने व्यवस्था गर्न माग गरे।

उनीहरुले सरकारी निकायले सर्वोच्च अदालतमा पुनरावेदनको लागि अनुमति माग गर्दा ६ महिना भित्र अदालतबाट अनुमति प्राप्त नभएमा राजस्व न्यायधिकरणको फैसला नै अन्तिम मानिनुपर्ने व्यवस्था गर्न समेत आग्रह गरे।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]