केशलिया–बुढीखोला करिडोरको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण

केशलिया–वुढिखोला करिडोरमा वाँध निर्माण कार्य शुरु
Logo
विराटपथ बिहिबार, पुष १९, २०८०

विराटनगर । सुनसरी मोरङ भएर बग्ने केशलिया– बुढीखोला करिडोर निर्माणका लागि गरिएको विस्तृत अध्ययन प्रतिवेदन हस्तान्तरण गरिएको छ। करिडोर अध्ययन प्रतिवेदन निर्माणको जिम्मेवारी महेन्द्र सुव्वा र प्रशान्त मल्ल पाएका थिए।
स्विस सहयोग नियोगको सहयोगमा निर्माण गरिएको सो प्रतिवेदन राजीव उपाध्यायले बिहीबार कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई सो प्रतिवेदन हस्तान्तरण गरेका थिए। हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले परियोजना अन्तरगतको नदीमा वाँध निर्माण गर्ने कार्यको बिहीबारदेखि शुरु हुने घोषणा समेत गरेका थिए।

सुनसरीको दुहवी नगरपालिका, बुढीगंगा, बर्जु गाउँपालिका र मोरङको विराटनगर महानगरपालिकालाई छुने सो परियोजनाको लागत रकम एक अर्व ३२ करोड रहेको छ। आगामी तीन वर्ष भित्रमा सम्पन्न गरिने उक्त परियोजना अन्तरगत दुहवीदेखि विराटनगर रानीको भारतीय सीमा क्षेत्रसम्म खोलाको दुवैतर्फ ४२ किलोमिटर बाटो निर्माण गरिने छ। बाटो अतिरक्त खोलामा वाँध निर्माण र सौन्दर्यकरण गरिने प्रतिवेदनमा उल्लेख छ।

सो अवसरमा मुख्यमन्त्री कार्कीले नदीलाई विनास नभई विकासका लागि अघि वढाउनु अपरिहार्य रहेको बताए। उनले केशलिया बुढीखोला नदीको सौन्दर्यकरण एवं विकासले सो क्षेत्रका जनताको आर्थिक समृद्धि एवं रोजगारमा वृद्धि हुने बताए।
कार्कीले करिडोर निर्माणले वर्जु गाउँपालिकामा निर्माण हुने विशेष आर्थिक क्षेत्र(सेज)मा सहज पहुँचले प्रदेशको आर्थिक समृद्धिमा सहयोग पुग्ने धारणा राखे। सरकारले समृद्धिको पाइल चाल्न जनताको पैसाको सही ठाउँमा सदुपयोग गर्ने अठोट गर्दै प्रदेशको १३७ पालिकाका जनताको जीवनस्तर उकास्नका आफु प्रतिबद्ध भएइको उनको भनाई थियो।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश अध्यक्ष राजेन्द्र राउत, पूर्वाधार विकास कार्यालय मोरङका प्रमुख सुशिल श्रेष्ठ लगायतले परियोजना निर्माणले उद्योग स्थापना एवं विराटनगर विमानस्थलको धावनमार्ग विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]