जताततैबाट देश बनाउन र बचाउन आग्रह छ : पूर्वराजा शाह

Logo
विराटपथ बिहिबार, पुष १९, २०८०

विराटनगर । पूर्वराजा ज्ञानेन्द्र शाहले जताततैबाट आफूलाई देश बनाउन र देश बचाउन आग्रह गरिरहेको दावी गरेका छन्। बिहीबार भैरहवामा आयोजित एक कार्यक्रममा उनले आफू जता जाँदा पनि जनताबाट ’आऊ, हाम्रो देश बनाऊ र देश बचाऊ, देशको सभ्यता र समृद्धि बढाऊ’ भनेर आउने गरेको दाबी गरे।
पूर्वराजा शाहले देशको दूरावस्थाप्रति चिन्ता प्रकट गर्दै सबै जनता एक ठाउँमा उभिन अपिल समेत गरे। भैरहवामा नागरिक अभिनन्दनपश्चात सम्बोधन गर्ने क्रममा उनले राष्ट्रियता र नागरिकको सर्वोत्तम हित हुने व्यवस्था जनता आफैँ तय गर्नुपर्ने बताए।

नेपालीहरुले खेपिरहेको पीडालाई आफूले नजिकबाट नियालिरहेको बताउँदै उनले भने, ‘म कतै अन्त गएको छैन। सदा नेपालीको साथमा छु, नेपालभित्रै छु। नेपालीहरूको सुख दुःख, सुविधा–असुविध बाधा पीडा तथा हिजो आजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु।’

उनले घुमाउरो तवरबाट वर्तमान व्यवस्थाले देशलाई बर्बादीको दिशामा लगिरहेको ईंगित गरे। ‘के गर्दा र के कस्तो विधि अवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ, अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैँले तय गर्ने विषय हो’ उनको भनाई थियो।
पूर्वराजा शाहले अहिले देश जर्जर अवस्थामा पुगेको पनि टिप्पणी गरे। बेराजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिका कारण लाखौँ युवा विदेशिएको उनको भनाइ छ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]