स्रोत नखुलेको रकम सहित एक ब्यक्ति पक्राउ

Logo
विराटपथ बिहिबार, पुष १९, २०८०

सुनसरी । सुनसरीका भोक्राहा नरसिंह गाउँपालिका ६ बाट सशस्त्र प्रहरीले श्रोत नखुलेको रकमसहित एक व्यक्तिलाई पक्राउ गरेको छ। कोशी गाउँपालिका ३ का बीरेन्द्रकुमार राउतलाई नगद २१ लाख ५७ हजार रुपैँया सहित सशस्त्र प्रहरीले पक्राउ गरेको हो।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले राउतको साथबाट स्रोत नखुलेको उक्त रकम सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतले जानकारी दिएका दिए।
प्रदेश १–०२–०५३ प १९५६ नम्बरको मोटरसाइकलमा इनरुवातर्फ गइरहेका राउतलाई खानतलासी गर्दा अवैध रकम बरामद भएको प्रहरीले बताएको छ। साथमा भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ गरिएको प्रवक्ता कर्णजीतले जानकारी दिए।

सशस्त्रले बरामद भएको रकम र मोटरसाइकलसहित राउतलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]