बिद्युत लाइन काटिएकोमा उद्यमी ब्यवसायीको आपत्ति, न्यायोचित समाधानको माग

Logo
विराटपथ बिहिबार, पुष १९, २०८०
फाइल फोटो

विराटनगर । पूर्वको उद्यमी ब्यवसायीले नेपाल विद्युत प्राधिकरणले उद्योगहरुको विद्युत् लाइन काटेकोप्रति असन्तुष्टि जनाउँदै न्यायोचित समाधानका लागि आग्रह गरेका छन्।
एका छन् ।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै उद्योग सङ्गठन मोरङ, मोरङ ब्यापार संघ र नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिले विवादित डेडिकेटेड र ट्रंकलाईन विद्युत् महसुल बक्यौता रहेको भन्दै उद्योगको विद्युत काटिएकोप्रति आपत्ति जनाएका हुन्।

संगठनका अध्यक्ष राकेश सुराना, व्यापार सङ्घका अध्यक्ष नवीन रिजाल र परिसंघका अध्यक्ष पवन सरडाले संयुक्त विज्ञप्ति जारी गर्दै उद्योगको विद्युत् आपूर्ति अबरुद्ध गरिदिदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरूमा गलत सन्देश जाने बताएका छन्।
उद्योग बन्द हुँदा रोजगारी, राजश्व तथा बैङ्क व्याज भुक्तानी, बजार श्रृंखला लगायतको क्षेत्रमा प्रभाव परेको भन्दै उनीहरुले समस्याको न्यायोचित समाधानको माग गरेका छन्। संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘यतिका दिनसम्म औद्योगिक कलकारखाना बन्द भई उत्पादन प्रभावित भइरहँदा समेत सरकारले समस्याको गम्भीरतालाई आत्मसात् गरि न्यायोचित समाधानका लागि अविलम्ब पहल गर्नु पर्छ।’
डेडिकेटेड र ट्रंकलाईन विद्युत् महसुलका सम्बन्धमा लामो समयदेखि नेपाल विद्युत् प्राधिकरण र प्रभावित उद्योगीहरूबीच रस्साकस्सी हुँदै आएको छ। उद्यमी ब्यवसायीले त्रिपक्षीय सरोकारवालाहरु नेपाल सरकार, नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्र समेतको समन्वयमा विवादित विषयलाई न्यायोचित निरूपण गर्नुपर्ने धारणा अघि सारेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]