अनैतिक सम्बन्धले लियो, शिवराजको ज्यान

Logo
विराटपथ बुधबार, पुष १८, २०८०

दाङ । दाङको घोराही उपमहानगरपालिका–६, अघराका शिवराज केसीको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
केसीको शव पुस १३ गते बंगलाचुली गाउँपालिका–४ स्थित कोइलाखानीको सुरूङभित्र फेला परेको थियो। ४५ वर्षीय शिवराजलाई गोली हानेर हत्या गरिएको थियो।

जिल्ला प्रहरी कार्यालय दाङले बुधबार घोराहीमा पत्रकार सम्मेलन गर्दै केसीको हत्या अभियोगमा बंगलाचुली गाउंपालिका–१ का शेर बहादुर मगर, दीपा मगर, तिलक पुन मगर र मेघराज मगरलाई सार्वजनिक गरेको हो। प्रहरीले हत्यामा प्रयोग भएको भरुवा बन्दुक, ठुलो गोली ३९ थान, छर्रा १०८ थान र केही बारुद बरामद गरिएको जनाएको छ।
उनीहरूविरूद्ध ज्यान कसुरमा मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ।

उनीहरुले केसीको हत्या गरी शव स्थानीय कोइलाखानीको सुरुङभित्र राखेका थिए। जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी जनक बहादुर मल्लले केसीको शव फेला पारेपछि अनुसन्धानको क्रममा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए। अभियुक्तहरुले पुस ८ गते भरुवा बन्दुकले गोली हानेर केसीको हत्या गरेका थिए।
प्रहरीका अनुसार पुस ८ गते घोराही बजार जान्छु भनेर निस्केका शिवराजको शव पुस १३ गते सुरूङभित्र फेला परेको थियो। सोही दिन अभियुक्त दीपा र शिवराज एउटै बस चढेर बंगलाचुलीतर्फ गएका थिए।
दीपाले आफूले जग्गा कारोबार गर्न लागेकाले जमानी बसिदिन भन्दै शिवराजलाई लगेकी थिइन्। पछिल्लो समय दीपा र शिवराजबीच निकट सम्बन्ध रहँदै आएको थियो।
मृतक शिवराजले नै दीपाको बालबच्चासहित घोराहीमै बस्दै आएकी थिइन्। यो सबै चाँजोपाँजो शिवराजले नै मिलाइ दिएको थिए।
शिवराज कै कारण दीपाले एक विद्यालयमा कार्यालय सहयोगीको जागिर पनि पाएकी थिइन्। ज्यालामजदुरी काम गर्ने क्रममा शिवराज र दीपाको चिनजान भएको थियो। शिवराजले सानोतिनो पेटी–ठेकेदारका रूपमा काम गर्ने गरेका थिए। त्यसपछि उनीहरूबीच सम्बन्ध स्थापित भएको थियो।

दीपाका श्रीमान शेरबहादुर मगर भने रोजगारीका लागि भारत जार्ने गर्थे। शेरबहादुरले आफ्नो श्रीमति र शिवराजको सम्बन्धको बिषयमा हल्लापनि सुनेका थिए। आफन्तमार्फत आफन्तमार्फत शेरबहादुरले श्रीमति र शिवराजको सम्बन्ध थाहा पाएपछि उनी पुस ४ गते भारतबाट बंगलाचुली – ४ गदारी गाउँमा आएर बसेका थिए।
प्रहरीका अनुसार शेरबहादुरको योजना अनुसार दीपाले शिवराजलाई बंगलाचुलीको कोइलाखानी उत्खनन क्षेत्रमा पुर्‍याएको थिइन्। त्यहाँ पहिल्यै शेरबहादुर बन्दुकसहित बसेक थिए।

दीपाले जंगलको एकान्तस्थलमा शिवराजलाई पुर्‍याएपछि शेरबहादुर पनि त्यहीँ आएर आफूसँगै लगेको प्लास्टिकको डोरी दीपालाई दिएका थिए। दीपाले शिवराजको हात पछाडि लगेर बाँधिदिइन्। आफ्नो सल पनि निकालेर डोरीमाथि कसिदिइन्।

त्यसपछि शेरबहादुरले आफ्नी श्रीमतीसँगको अनैतिक सम्बन्धबारे शिवराजसँग कुरा गर्दै क्षतिपूर्ति माग गरका थिए। केही जग्गा दीपा वा छोराको नाममा पास गरिदिन दबाब दिएपनि शिवराजले नमाने पछि शेरबहादुरले शिवराजलाई कोइलाखानीको सुरूङभित्र लगेर गोली प्रहार गरेका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]