बिहीबार नेपाल आउँदै भारतका विदेशमन्त्री

Logo
विराटपथ बुधबार, पुष १८, २०८०

विराटनगर । भारतका विदेशमन्त्री एस जयशंकर बिहीबार नेपाल आउँदैछन्। उनी भारतीय सेनाको विशेष विमानमार्फत् बिहान १० बजे त्रिभुवन विमानस्थलमा आउने कार्यक्रम रहेको भारतीय दूतावासले जनाएको छ।
नेपाल भारत परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी हुन नेपाल आउन लागेका जयशंकर दुई दिनसम्म नेपाल रहनेछन्। दुई दिनसम्म नेपालमा रहँदा उनले उच्चपदस्थ राजनीतिक नेतृत्वहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ।

दूतावासका अनुसार मन्त्री जयशंकरले भोलि नै उच्चपदस्थ राजनीतिक भेटघाट सक्नेछन्। राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न भोलि बिहान ११ बजे शितल निवास जानेछन् भने १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट हुनेछ।

दिउँसो १ बजे परराष्ट्र मन्त्रिस्तरीय आयोगको बैठकमा सहभागी भएपछि मन्त्री जयशंकरले दिउँसो ३ बजेर ४० मिनेटमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र साढे ४ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गर्नेछन्।
दुई दिने भ्रमण सकेर उनी शुक्रबार १२ बजे भारत फर्किने दूतावासले जनाएको छ।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]