चतरामा पर्यटनमन्त्री, कुम्भमेलाबारे लिए जानकारी

Logo
विराटपथ बुधबार, पुष १८, २०८०

सुनसरी । कोसी प्रदेशका पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेतीले सुनसरीको चतरामा हुने महाकुम्भ मेलामा प्रदेश सरकारले सहयोग गर्ने बताएका छन्।
बुधबार महाकुम्भ मेलाको सन्दर्भका बिषयमा सरोकारवालासँगको भेटमा पर्यटनमन्त्री उप्रेतीले धार्मिक पर्यटनको संम्भावना बोकेको बराहक्षेत्र, चतराको विकासका लागि मन्त्रालयले सक्दो सहयोग गर्ने बचन दिए। एनले सो स्थानको बिकास र कुम्भमेलाको सफलताको लागि प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
मन्त्रीसँगै प्रथम जगतगुरु बालसन्त, माओवादी केन्द्रका केन्द्रिय सदस्य हिमाल सुबेदी, धनकुटाका प्रमुख जिल्ला अधिकारी लगायत प्रदेश सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो।
प्राकृतिक सुन्दरताले भरिएको सो धार्मिक पर्यटकीय क्षेत्रमा चैत २७ देखि बैशाख २९ सम्म पुर्ण महाकुम्भ मेलाको आयोजना हुदैछ। मेलामा स्वदेश र बिदेशका गरि लाखौं धार्मिक पर्यटक आउने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]