दुग्धजन्य पदार्थ बंङ्लादेश निर्यातका लागि मुख्यमन्त्रीको पहल

Logo
विराटपथ बुधबार, पुष १८, २०८०

विराटनगर । कोसी प्रदेशमा दुग्धजन्य पदार्थ बिक्री हुन छाडेपछि बंङ्लादेश निर्यातका लागि मुख्यमन्त्री केदार कार्कीले पहल शुरु गरेका छन्। दुग्ध उत्पादक कृषकले बंङ्लादेशमा दुग्धजन्य पदार्थको निकासीमा ७८ प्रतिशत भन्सार तोकेपछि कोशी प्रदेशका दुग्धजन्य पदार्थ उत्पादकले निर्यात गर्न सकेका छैनन्।

मुख्यमन्त्री कार्कीले बंङ्लादेशका लागि नेपाली राजदुत घनश्याम भण्डारीसँग बुधबार फोन संवाद गरी प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ निकासीका लागि सहजीकरण गरिदिन आग्रह गरेका हुन्।
प्रदेशमा उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा दुध डेरी सञ्चालकहरुले पछिल्लो समय किसानसँग दुध किन्न छोड्नुका साथै किसानलाई एक वर्षदेखि दुधको भूक्तानी दिन सकेका छैनन्। किसानले दुधको भुक्तानी नपाउँदा बिच्चलीमा परेका छन्।

दुग्धजन्य पदार्थ निकासी नहुँदा प्रदेशमा ‘मिल्क होली डे’को अवस्था सिर्जना हुनुका साथै यहाँ उत्पादित घ्यू, नौनी कुहिने अवस्थामा पुगेको छ।
विराटनगर दुग्ध वितरण आयोजनाले उत्पादन गरेको दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानको २५ करोड रुपैयाँ भुक्तानी गर्न नसकेको आयोजना प्रमुख परमेश्वर चौधरीले गुनासो पोखे। उनले एकातिर किसानले दुध उत्पादन बढाएका छन् भने अर्कोतिर उत्पादित दुग्धजन्य पदार्थ बिक्री नहुँदा किसानहरुलाई गत जेठ महिनादेखि नै दुधको भुक्तानी दिन नसकेको सुना ।

मुख्यमन्त्री कार्कीले बंङ्लादेशका लागि नेपाली राजदुत भण्डारीलाई दुग्धजन्य पदार्थमा बंङ्लादेश सरकारले लगाएको चर्को भन्सार घटाउन र दुग्धजन्य पदार्थ निकासीका लागि पहल गरिदिन आग्रह गरेका हुन्। फोन संवादमा राजदुत भण्डारीले बंगलादेशको ‘कमर्शियल कमिटी’मा निर्णय गराएर दुग्धजन्य पदार्थको भन्सार दर घटाउन पहल गर्ने आश्वासन दिएको मुख्यमन्त्री कार्कीले बताएका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]