एपीएफ क्लबलाई प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

Logo
विराटपथ बुधबार, पुष १८, २०८०

विराटनगर । कोसी प्रदेशलाई पराजित गर्दै सशस्त्र प्रहरी बल (एपीएफ) क्लबले प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि जितेको छ। त्रिवि क्रिकेट मैदानमा बुधबार भएको फाइनलमा एपीएफले कोशी प्रदेशलाई ११ रनले पराजित गरेको थियो।

११५ रनको लक्ष्य पाएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १०३ रन जोड्यो । कप्तान रुविना क्षेत्रीले ६२ रन बनाए पनि कोशीलाई विजेता बनाउन सकिनन्।

विकेटकिपर काजल श्रेष्ठले २२ रन बनाइन् । त्यसअघि एपीएफको पालीमा ईन्दु वर्माले ५३, ज्योति पाण्डेले २७ र रोमा थापाले १४ रन बनाएका थिए।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]