दीपालाई विराटनगरमा सम्मान

Logo
विराटपथ मंगलबार, पुष १७, २०८०

विराटनगर । ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटल जितेकी मोरङकी दीपा विष्ट विराटनगरमा सम्मानित भएकी छन्। वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एन्ड इन्क्लाइन बेन्च प्रेस (आईबीपी) च्याम्पियनसिपमा उनले सो टाइटल जितेको थिइन्।
भारतको हैदरावादमा सम्पन्न भएको १०औँ आईबीपी च्याम्पियनसिपमा मोरङ सुन्दरहरैंचा–११ की विष्ट च्याम्पियन बनेकी थिइन्। हैदरावादस्थित लालबहादुर शास्त्री रंगशालामा पुस २ देखि ५ गतेसम्म आयोजित च्याम्पियनसिपमा युरोप, अमेरिका र एसियाका १६ देशका महिला खलाडी सहभागी थिए।

मंगलबार मोरङ स्ट्रेन्थलिफ्टिङ एसोसिएसनको आयोजनामा विष्टसहित सोही प्रतियोगितामा सिल्भर मेडल प्राप्त गर्न सफल सुनसरीका कविर भगत प्रधानाङ्गलाई सम्मान गरिएको हो।

एसोसिएसनका अध्यक्ष नवनीतराज प्रधानले विष्ट र प्रधानाङ्गलाई सम्मान पत्र दिएर खादा लगाएर सम्मान गरे।
विष्ट तीनवटा तौल समूहका सबै प्रतिष्पर्धामा आफ्ना अघिल्ला रेकर्डहरूसमेत तोड्न सफल भएकी थिइन्। कुनै पनि देशका प्रतिष्पर्धीले उचाल्न नसकेको ९० केजी तौल उठाएर नेपाललाई गोल्डमेडलसहितको उपाधि दिलाएकी हुन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]