अख्तियार इटहरी कार्यालयबाट ८० उजुरी मात्र फर्छयौट

Logo
विराटपथ मंगलबार, पुष १७, २०८०

विराटनगर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट चालु आर्थिक बर्षमा ८० वटा मात्र उजुरी फर्छयौट भएका छन्। कोसी प्रदेश अन्तरगत विभिन्न मन्त्रालय अन्तर्गत चालु आर्थिक वर्षमा अख्तियार दुरुपयोगका २ सय ११ वटा उजुरी परेपनि ८० उजुरी फर्छयौट भएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयद्वारा मंगलबार विराटनगरमा आयोजित एक कार्यक्रममा एकसय ३१ उजुरी फर्छयौट हुन बाँकी रहेको जानकारी दिइयो।

भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवद्र्धन सम्बन्धी प्रदेशस्तरीय अन्तरक्रियामा आयोगको आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यले कर्मचारीहरुले जनताको पैसाबाट सञ्चालन गरिने विकास निर्माण कार्य गुणस्तरीय एवं समयमै प्रतिफल प्राप्त हुनु पर्नेमा जोड दिइन्।
उनले सार्वजनिक खरिद ऐन, कानूनको पूर्ण पालना गर्न आग्रह गर्दै आयोगले ध्यानाकर्षण गराएका विषयको ख्याल गर्न आग्रह गरिन्।
संघीय तथा प्रदेशका कर्मचारी, विभिन्न पालिकाका प्रमुख तथा उपप्रमुख र स्थानीय तहका कर्मचारीहरु, भ्रष्टाचार नियन्त्रणमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको सो कार्यक्रममा सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी जनप्रतिनिधीले आयोगबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा हैरानी खेप्नु परेको र काममा समेत ढिलासुस्ती हुने गरेको गुनासो पोखेका थिए।

नियत सफा राखेर सेवा गर्नेले डराउनु पर्दैन : मुख्यमन्त्री कार्की

कार्यक्रममा बोल्दै कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले नियत सफा राखेर जनतालाई सेवा गर्नेलाई कसैबाट डराउनु नपर्ने बताएका थिए।
मुख्यमन्त्री कार्कीले इमानदार भएर जनताको पक्षमा काम गर्ने राष्ट्रसेवक कर्मचारीलाई कसैबाट डराउनु नपर्ने र प्रदेश सरकार साथमा रहने बताए।

‘प्रदेशमा अख्तियार दुरूपयोग र अनियमितता रोक्न प्रदेश सरकारले चालू आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयक ल्याएर काम सुरू गरिसकेको छ’, उनले भने, ‘प्रदेश सरकारले कोटेशनको काम र उपभोक्ता समितिबाट कार्यकर्ता, आफ्न्त पाल्ने २५ लाखमुनिको योजना कटौति गरेर प्रदेशमा सुशासनको अभियान सुरू गरिसक्यो ।’

इमानदारीपूर्वक काम नगर्ने र कुनै किसिमको अनियमितता गर्ने कर्मचारी मात्रै नभइ मन्त्रीलाई समेत कारवाही हुने मुख्यमन्त्री कार्कीले चेतावनी दिएका छन् । ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोग मुलुकमा सुशासन कायम गर्ने प्रमुख संस्था हो, त्यसैले आयोगले प्रदेशमा कानून सम्मत कामकाज अघि बढाउन सहयोग गरिदिनुपर्छ’, उनले भने, ‘आयोगले कानून कार्यान्वयनमा पथप्रदर्शकको भूमिका निर्वाह गरिदिनु पर्छ ।’

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]