सकियो ट्रेड एक्स्पो, १० करोड बढीको कारोबार

Logo
विराटपथ सोमबार, पुष १६, २०८०

विराटनगर । मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा जारी ट्रेड एक्स्पो २०२३ सोमबार सकिएको छ। एक्स्पोमा करिब १० करोड भन्दा बढीको कारोबार भएको प्रारम्भिक अनुमान गरिएको छ।
पुस ६ गतेदेखि सुरु भएको एक्स्पोको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेका थिए। सोमबारको समापन कार्यक्रममा भने अर्थमन्त्री डा. प्रकाशशरण महत उपस्थित भएका थिए। समापन समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री महतले उद्यमी–व्यवसायीको समस्या समाधानका लागि अर्थ मन्त्रालय सधै तयार रहेको बताए।
अर्थमन्त्री डा. महतले कृषि क्षेत्र आधुनिकीकरण गराउनु पर्ने आवश्यकता रहेको औल्याए। उनले उद्यमी व्यवसायीलाई समेत कृषि क्षेत्रलाई प्राथमिकतामा राखी लगानी गर्न आग्रह गरे।
महतले सरकारको नीति समेत उनीलाई प्रोत्साहन गर्ने नै रहेको भन्दै उनले उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको बताए।

संघका अध्यक्ष नविन रिजालले आइतबारसम्म साढे दुई लाख दर्शकले अवलोकन गर्दा १० करोड बढीको कारोबार भएको जानकारी दिदै दर्शक र कारोबारको हिसावले पनि एक्स्पो सफल भएको दाबी गरे।
यस पटकको एक्स्पोमा नेपालमै सबैभन्दा ठूलो जर्मन प्रविधिको ह्याङ्गरभित्र २२० वटा स्टलहरू राखेर घरेलु, साना, मझौला तथा ठूला उद्योगहरूका उत्पादन प्रवर्द्धन र बिक्री वितरण गरिएको थियो।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]