पहिचानवादीले मुख्यमन्त्रीलाई बुझाए, ध्यानकर्षण पत्र

Logo
विराटपथ सोमबार, पुष १६, २०८०

विराटनगर । पहिचानवादीले कोसी प्रदेशको पुनः नामाकरणको पहलका लागि दवाव सृजना गरेका छन्। उनीहरुले सोमबार प्रदेश सरकारको ध्यानाकर्षण गराउदै शान्ति, समृद्धि, समाजवाद र नेपाली राष्ट्रितालाई थप मजबुत बनाउन कोसी नाम खारेजीको आन्दोलन गरिएको प्रष्ट पारेका छन्।
प्रदेश १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले कोसीका मुख्यमन्त्री केदार कार्कीसमक्ष ध्यानकर्षण पत्र बुझाउँदै पुनः नामकरणको माग गरे। उनीहरुले निषेधित क्षेत्र निर्धारण गरेर बन्दुकको घेराबन्दी भित्रबाट अलोकतान्त्रिक र तानाशाही शैलीमा जबरजस्ती कोसी नाम घोषणा भएको जनाए।
मुख्यमन्त्रीलाई बुझाइएको पत्रमा जबरजस्ती घोषित कोसी नामविरूद्धको आन्दोलन कुनै पार्टी, जातिको विरोध नभएर नेपाली राष्ट्रितालाई थप मजबुत बनाउन गरिएको आन्दोलन भएको जनाइएको छ।
कोसी नाम खारेजीको आन्दोलन शुरु भएको १० महिना बितिसक्दा पनि जिम्मेवार राजनीतिक दलहरु उदासिन भएको संघर्ष समितिका संयोजक डगेन्द्र सिंह थेगिमले बताए। उनले केही दलका नेताहरू उल्टो जनतालाई चिढ्याउन लागेको आरोप समेत लगाए।
पत्र बुझ्दै मुख्यमन्त्री कार्कीले पहिचानको मागको सवालमा आफू जानकार भएको उल्लेख गरे।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]