के भेनेजुएलाले गुयानाको एक क्षेत्रलाई आफ्नो देशमा गाँभ्ला ?

Logo
विराटपथ आइतबार, पुष १५, २०८०

एजेन्सी । भेनेजुएलाले गुयानाका एक क्षेत्रलाई आफ्नो देशमा गाँभ्ने बताएको छ। यसै महिनाको सुरुमा भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले जनमत संग्रह गराएका थिए।
त्यसपछि उनले छिमेकी देश गुयानाको एसेक्विबो क्षेत्रलाई भेनेजुएलासँग गाभ्ने अधिकार प्राप्त गरेको बताएका थिए।
दुई सय वर्ष पुरानो जग्गा विवादमा यो नयाँ मोड हो। एकातर्फ ३ करोड जनसङ्ख्या भएको विशाल देश भेनेजुएला छ भने अर्कोतर्फ दक्षिण अमेरिकाको उत्तर–पूर्वी तटमा अवस्थित गुयाना छ। गुयानाको जनसंख्या आठ लाख मात्रै छ।

गुयानाले आफ्नो भूमि जोगाउन हरसम्भव कदम चाल्ने बताएको छ। योसँगै भेनेजुएलाका छिमेकी राष्ट्रहरू र विश्वका अन्य धेरै देशहरूले पनि राष्ट्रपति मदुरोलाई आक्रामक कदम नचाल्न आग्रह गरेका छन्। तर अहिलेसम्म मदुरोले अन्तर्राष्ट्रिय समुदायको अपीललाई बेवास्ता गरेका छन्।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]