मुख्यमन्त्रीहरुले प्रधानमन्त्रीलाई भेटे, प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउने प्रधानमन्त्रीको प्रतिवद्धता

Logo
विराटपथ आइतबार, पुष १५, २०८०

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले भेट गरेका छन्। सो भेटमा प्रधानमन्त्रीले सर्वदलीय बैठक बसेर प्रहरी समायोजन प्रक्रिया टुङ्ग्याउने आश्वासन दिएका छन्।

अन्तरप्रदेश मुख्यमन्त्रीहरूको हेटौडामा शुक्रबार सम्पन्न बैठकपछि प्रदेशलाई अधिकार सम्पन्न बनाएर संविधानको पूर्ण कार्यान्वयनका लागि प्रधानमन्त्री दाहाललाई उनीहरूले शनिबार ध्यानाकर्षण पत्र बुझाएका थिए।
प्रधानमन्त्री दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा मुख्यमन्त्रीहरूलाई तत्काल सर्वदलीय बैठकले प्रहरी समायोजन प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएका छन्।

निजामती ऐन निर्माण प्रक्रिया अघि बढाउने र प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाएर संविधान पूर्ण कार्यान्वयन गर्ने विषयमा प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको कोशीका मुख्यमन्त्री केदार कार्कीले बताए।

मुख्यमन्त्रीहरूको बैठकले शुक्रबार ९ बंदे साझा पत्र सार्वजनिक गरेर शनिबार प्रधानमन्त्री दाहाललाई ध्उानाकर्षण पत्र बुझाएका थिए।

 

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]