बक्यौता रहेका अन्य उद्योगको पनि बिजुली काटिने

Logo
विराटपथ बिहिबार, पुष १२, २०८०

विराटनगर। नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता रहेका अन्य उद्योगहरूको पनि बिजुली काट्ने रणनीति बनाएको छ।

डेडिकेटेड फिडर एवम् ट्रंक लाइनबाट विद्युत उपभोग गरेर बक्यौता लाइन काटिएको विषयमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा कार्यकारी निर्देशक कुलमान घिसिङले बक्यौता रहेका अन्य उद्योगको पनि क्रमशः बिजुली काट्दै जाने रणनीति रहेको जनाए।
उनले प्राधिकरणले हालै लाइन काटिएका ९ उद्योगको करिब १२ अर्ब ५० करोड रूपैयाँ बराबरको बक्यौता रकम असुल गर्न बाँकी रहेको जानकारी दिए।
उद्योगको बिजुली काटिएपछिको पछिल्लो अबस्थाबारे प्रष्ट पार्न पत्रकार सम्मेलन आयोजना गरेको थियो।
विगतमा दैनिक १७÷१८ घण्टासम्मको लोडसेडिङ व्यहोरिरहेको बेला २३९ औद्योगिक, व्यापारिक र गैह्र व्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रंक लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए। २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रंक लाइन वापतको प्रिमियमसहितको विद्युत महसुल भुक्तानी गरिसकेको प्राधिकरणले जनाएको छ।

बिजुली काटिएका उद्योगहरूमा जगदम्बा स्टिलको ४ अर्ब १४ करोड, घोराही सिमेन्टको १ अर्ब ३६ करोड, रिलायन्स स्पिनिङ मिल्सको १ अर्ब ९४ करोड र अर्घाखाँची सिमेन्टको १ अर्ब ३० करोड, लक्ष्मी स्टिलको ७४ करोड १० लाख, सर्वोत्तम सिमेन्टको ६८ करोड ९० लाख, अशोक स्टिलको ७४ करोड ५० लाख, सोनापुर मिनरल्स एण्ड आयलको ६१ करोड २० लाख र त्रिवेणी स्पिनिङ मिल्सको ८६ करोड ९० लाख रूपैयाँ बक्यौता बाँकी छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]