हुण्डी कारोबारमा संलग्न एक ब्यक्ति नगदसहित पक्राउ

Logo
विराटपथ बिहिबार, पुष १२, २०८०

विराटनगर । हुण्डी कारोबारमा संलग्न भएको आशंकामा एक ब्याक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरको केशलिया मार्गबाट बुधबार साँझ ४९ बर्षिय सुरेन्द्रप्रसाद साहलाई नगद सहित पक्राउ गरेको हो।
को ७ प ५२२१ नम्बरको मोटरसाईकलमा सवार सुनसरी जिल्ला देवानगन्ज गाउँपालिका–५ का साहको साथबाट श्रोत नखुलेको नेपाली रुपैया उन्नाईस लाख ९० हजारपनि बरामद गरिएको प्रहरीले जनाएको छ।
मोरङ प्रहरीको टोलीले विशेष सूचनाको आधारमा अपरेशन गर्ने क्रममा साहको साथबाट सो नगद पनि फेला पारेको थियो। पक्राउ परेका साहलाई बरामद गरिएको नगद र मोटरसाईकल सहित कारवाहीको लागि राजश्व अनुसान्धान कार्यालय इटहरी सुनसरी पठाईएको छ।

तपाईको प्रतिक्रिया
हाम्रो बारे

लार्ज मिडिया प्रा. लि.
विराटपथ न्यूज पोर्टल कोसी प्रदेशको मुकाम विराटनगरबाट सञ्चालित छ।  सूचना तथा प्रसारण विभाग दर्ता नं 2878/ 2078-079

टिमहरु

अध्यक्ष  : सुष्मा श्रेष्ठ
प्रधान सम्पादक : प्रल्हाद गुरागाई
सम्पादक  : कृष्णप्रसाद कोइराला
बिशेष संवाददाता : सन्तोष दाहाल

सम्पर्क

विराटनगर महानगरपालिका – ९
शान्तिचोक
9851052811/9804005000
[email protected]